निगमले चालु आर्थिक वर्षको अन्त्यमा ८० करोड ऋण चुत्ता गर्दै

निगमले चालु आर्थिक वर्षको अन्त्यमा ८० करोड ऋण चुत्ता गर्दै

  • आइतवार, असार १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, १९ असार ।

सरकारी स्वामित्वको नेपाल आयल निगमले सरकारसँग बिभिन्न समयमा लिएको ८० करोड रुपैयाँ ऋण असार मसान्तसम्ममा चुत्ता गर्ने तयारी गरेको छ ।

पछिल्लो बर्ष इन्धन बिक्रीमा नाफा कमाएपछि निगमले अहिलेसम्मको सबै बक्यौदा कर्जा चुक्ता गर्न लागेको हो । चाुलु आर्थिक बर्षमा सबै ऋण तिरेपछि निगम १४ वर्षपछि ऋण मुक्त हुने निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताउनु भयो ।
२०५८ साल देखि चरम राजनीतिक हस्तक्षेपमा परेको निगम इन्धन आपूर्तिका क्रममा नाफा कमाउन नसकेपछि ३६ अर्व रुपैयाँ घाटामा गएको थियो ।

२०७१ सालदेखि निरन्तर नाफामा रहेको निगमले अहिले सम्मको सरकारका विभिन्न निकायबाट लिएको कर्जा तिर्न सफल भएको हो । तिर्न बाँकी ८० करोड रुपैयाँ ऋण यो साताभित्रमा चुत्ता गरिसक्ने आयल निगमले जनाएको छ ।

पछिल्लो समय मुल्य समायोजन प्रक्तियामा गएसंगै आयल निगम निरन्तर नाफामा गएको थियो ।

व्यवथापकीय कमजोरीका कारण हुने चुहावट र राजनीनिक दवावका कारण बिगतमा मंहगोमा आयात गरि सस्तोमा बिक्रि गर्ने बाध्यताका कारण निगमले बिगतमा ठुलो नोक्सानी व्यहोर्नु परेको थियो ।

नाफामा गएसंगै आयल निगमले आगामी आर्थिक वर्षका लागि विभिन्न सुधारात्मक अभियान समेत शुरु गर्ने जनाएको छ ।

पेट्रोलियम पाईपलाई निर्माणका लागि नेपाली पक्षले गर्नुपर्ने कामको थालनी आगामी आर्थिक वर्षबाट सुरु गर्नुका साथै आन्तरिक सुधार अभियान पनि शुरु गर्ने प्रवक्ता घिमिरेले जानकरी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी