काठमाण्डौ ,१९ असार ।
अविरल वर्षासँगै देशभर आएको बाढी, पहिरो र डुबानका सम्भावित घटनाप्रति सजक रहँदै सरकारले त्यसका लागि आवश्यक संयन्त्र तयारी अवस्थामा रहेको जनाएको छ ।
केही दिनदेखि निरन्तर वर्षात्ले देशका विभिन्न स्थानमा र्पुयाउन सक्ने प्राकृतिक प्रकोप र विपत्तिका घटनालाई ध्यानमा राखी गृह मन्त्रालयले आवश्यक सजकता अपनाएको हो ।
बाढी पहिरो घटनाका लागि सबै संयन्त्र परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
तराईका जिल्लामा डुबानबाट मानवीय क्षति हुन नदिन नदीमा पानीको बाहबबारे तटीय क्षेत्रका जनतालाई सूचना दिने प्रणाली विकास गरिनुका साथै बाढी, पहिरो र डुबानबाट मानवीय क्षति हुन नदिन देशका सबै जिल्लामा सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline