काठमाडौ, १९ असार ।
धादिङको ह्रि गाउँमा पहिरोमा फसेका मध्ये थप पाच जनाको आज बिहान उद्धार गरिएको छ ।लामो समयको प्रयासपछि त्यहाँ फसेका सात मध्ये पाचँ जनाको आज बिहान नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरिएको हो ।
धादिङको ह्रि गाउँमा पहिरोमा फसेका मध्ये थप पाच जनाको आज बिहान उद्धार गरिएको छ ।लामो समयको प्रयासपछि त्यहाँ फसेका सात मध्ये पाचँ जनाको आज बिहान नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरिएको हो ।
सोहि स्थानमा फसेका अन्य दुई जनाको पनि आजै उद्धार गरिने नेपाली सेनाले जनाएको छ ।
तीन दिन अघि गएको पहिरोका कारण फसेका २१ मध्ये १४ जनालाई हिजो नै सेनाले उद्धार गरेको थियो ।
गत १६ गते गएको पहिरोका कारण ह्रि गाउँस्थित चित्राङ बस्तीका सर्वसाधारण जोखिमयुक्त क्षेत्रमा थुनिएका थिए । उद्धार गरी ल्याएकाहरुलाई सुरक्षित स्थानमा बसोबासको प्रबन्ध मिलाएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकास सुवेदीले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline