काठमाण्डौ, १९ असार ।
ब्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ । बिहान ११ बजेपछि संसद भवनमा बस्ने बैठकमा आज पनि विनियोजन विधेयकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा बाँकी रहेका मन्त्रालयगत विनियोजित रकमबारे सांसदहरुले धारणा राख्ने क्रम जारी रहने संसद सचिवालयका सहयक प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।
विनियोजन विधेयकमाथिको छलफल असार २१ गते सम्म जारी रहने छ । सबै मन्त्रालयगत छलफल सकिएपछि २२ गते अर्थमन्त्रीले सदनमा जवाफ दिने कार्यसुची रहेको कुँइकेलले बताउनु भयो ।
त्यसपछि छलफलका क्रममा उठेका प्रश्नको २२ गते देखि २४ गते सम्म संम्बन्धित मन्त्रीले जवाफ दिने र २४ गते नै आगामी आर्थिक वर्षको पूर्ण बजेट पारित गर्ने कार्यतालिका रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline