काठमाडौ १८ असार ।
बझाङमा आज बिहान दुई ओटा भूकम्प गएको छ । बिहान ६ बजेर ८ मिनेटमा मयना केन्द्र भएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यस्तै बिहान ६ बजेर ३२ मिनेटमा ३ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको केनद्रले जनाएको छ । यसअघि बझाङमा गत बुधबार चार रेक्टरमाथिका दुई ओटा भूकम्प गएका थिए ।
पछिल्लो तीन दिन यता त्यहाँ चार रेक्टर भन्दा माथि तीन सहित ३० ओटा भूकम्प तथा पराकम्प गएको केन्द्रका प्रमुख लोकविजयी अधिकारीले जानकारी दिनुभयो ।
भूकम्पको धक्काका कारण मयानामा निलकटी निमावि र धल्देउ प्राविको दुई वटा विद्यालयको भवन चर्किएको छ । यस्तै कैलाश गाविस २ मा रहेको कैलाश मालिका सामुदायिक प्राथमिक विद्यालयको भवन पुर्ण रुपामा क्षतिग्रस्त भएको छ ।
भूकम्पले क्षति नगरे पनि प्रमुख जिल्ला अधिकारी सुनिल खनालले नेपाल प्रहरी, नेपाली सेना तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।