पूर्वमन्त्री मानन्धरको आज अन्त्येष्टी गरिदै

पूर्वमन्त्री मानन्धरको आज अन्त्येष्टी गरिदै

  • शनिबार, असार १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ १८ असार ।

पूर्व मन्त्री एवं संघीय समाजवादी फोरमका नेता मंगलसिद्धी मानन्धरको आज अन्त्येष्टी गरिदैछ । बिहिबार हृदयघात भएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनु भएका उहाँको ७५ वर्षको उमेरमा हिजो निधन भएको थियो ।

उहाँको पार्थिव शरिरलाई श्रद्धान्जलीका लागि अहिले राजधानीको जमल घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसको सरस्वती सदमा राखिएको छ । उहाँ नेपाल प्राध्यपक संघको पूर्व अध्यक्ष समेत हुनुहुन्थ्यो ।

त्रिचन्द्र क्याम्पसबाट अहिले केहीबेरमा उहाँको पार्थिव शरिरलाई अन्तिम श्रद्धान्जलीका खुलामन्च लगिने संघिय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले जानकारी दिनुभयो ।

मध्यान्न १२ बजेपछि शव यात्रा सुरु भएपछि दिउँसो दुई बजे पशुपति आर्यघाटमा मानन्धरको अन्तिम संस्कार गरिने राईले बताउनु भयो । युरिनरी ब्लाडरको क्यानसरबाट पिडित उहाँ भारतको राजिव गान्धी अस्पतालमा उपचार गरी गत साता मात्र स्वदेश फर्किनु भएको थियो ।

मानन्धर दोस्रो संविधानसभा निर्वाचनअघि एमाले छाडेर संघीय समाजवादीमा प्रवेश गर्नुभएको थियो । २०५६ सालमा एमालेबाट प्रत्यक्ष निर्वा्चित सांसद बन्नु भएका उहाँ पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सभासद समेत हुनुहुन्थ्यो ।

एमालेमा रहँदा मानन्धर २०६३ को राजनीतिक परिवर्तनपछि तत्कालिन गिरीजाप्रसाद कोइराला नेतृत्वको सरकारमा शिक्षा तथा खेलकुद मन्त्री हुनुहुन्थयो । मानन्धरका २ छोरा र एक छोरी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ