नाती क्रान्तिका पछी नलाग , धोका दिन्छन

नाती क्रान्तिका पछी नलाग , धोका दिन्छन

  • शुक्रबार, असार १७, २०७३
  • प्रताप शर्मा

  • 9.9K
    SHARES

उमेरले ८४ बर्ष नाघेका ती वृद्व बा ,लौरीको शाहरामा हिंड्न वाध्य छन ,भोली आफ्नो श्राद्व कसले गर्ला भन्दै पिरैपीरमा बचेँका उनका दुइटा छोरा जनयुद्धमा शहीद भए । पार्टीले पनि त्यती बेला साहानुभुती दिन्थ्यो । कार्यक्रममा आशनग्रहण गराउथ्यो, हाम्रा शाहीदको अपमान गर्दैनौ भन्दै विजयको गीत सँगै उनीहरुको सपना पुरा गर्ने अठोट र प्रतिद्वत्ता जाहेर गर्थ्यो । हिजो आफुसँग बल थियो अझै केही गर्ने उमेर थियो तर आफुले सोचेको पुरा कहाँ हुन्छ र ? श्रीमती थिइन उनी पनि छोराको शोकमा डुब्दै गइन ,भाग्यको करीमा शोकै शोकले कहिलै छाडेन । समय बद्लियो जंगलका राजाहरु सिंहदरबार पुगे तर उनको व्यवस्था बद्लिएन , उनको घर बद्लियो तर देश बद्लिएन । हिजो सँगै ढेडो मकै खएका नेताको जीवनस्तर बद्लियो तर उनको पिडा बदलिएन । हिजो उनीलाई चिनेर सम्मान गर्ने नेताहरुबाट आज उनिलाई चिन्नै गार्हो भो । हिजो उनकै छोरासँग लडेको त्यो पल्ला घरको सेतेको छोरो मन्त्री भएछ ,अब त गाउकै केटो मन्त्री भो सजिलो हुने भो सोचेका थिए तर बिचरा उनको सपना फेरी भत्कियो जब त्यो बिर्खे आर्को पल्ट गाउँका कार्यक्रममा आउँदा बुवा सञ्चै हुनुहुन्छ सम्म भन्न सकेन ? कठै बरा , मेरो छोरो जालमा परेछ भन्दै रुन्छन र आज उनीसँग रुने भन्दा अर्को बिकल्प छैन किनकि यो राजनीति सत्ताका निम्ती थियो ,मुक्तीको कुरा त जनतालाई बेबकूफ बनाउनका लागि थियो भन्ने कुरा स्पस्ट भईसकेको छ । ,टाठा बाठाले राजनीतिको तिक्डममा नराम्ररी परेछन आफ्नो स्वार्थका लागि मेरा बाबुहरु सिधाए भनी ब्यथा सँगाली कराईरहेछन । कयौ आशा थिए , एउटा सुन्दर सुख दुख बाच्ने एउटा सपना थियो तर आज घायल छन ,मुटु भरी पिडा राख्दै अन्तिम सास कुरिरहेछन । जनताको सत्ता आउछ भन्थे ,गरिबका दिन आउछन भन्थे तर सबै धोका रहेछ । नाती अब क्रान्ति नगरे , अनाबश्यक बलिदानी नगरे भनी सम्झाइरहेछन । उनी घायल छन । कहिले कही सपना देख्छन , एक्लै बर्बराउदै हिड्छन् । जनताको सत्ता स्थापनाका निम्ती आफ्ना मोतीका टुक्रा बली चढएका उनी आज भोली बेचैन छन । पार्टी फुट्दै गए ,सहिदहरु भाग लगाउन थाले । त्यसैले आज भोली उनी एक्लै रुन्छन । बिचरा उनी ,मनको पिडा पोखुन पनि को सँग ? एक्लो शाहरा नाती सम्झाउदै भन्छन
गुमाय छोरा
लाग्या छ चोट
नगर बाबु क्रान्तिको कुरा ।
दुख्छ नि मुटु
आतिन्छ मन
नगर बाबु क्रान्तिको कुरा । ।
बल्झिन्छ घाऊ
उल्टिन्छ पिडा
नगर बाबु क्रान्तिको कुरा । । ।
फेरिए नेता
फेरियो ब्यबस्था
नगर बाबु क्रान्तिको कुरा । ।

सम्झना आउछ
सकस हुन्छ
नगर बाबु क्रान्तिको कुरा । ।
आज उमेर ढल्दै गयो बिपत्तीले च्याप्दै गयो ,न आफ्ना छन न आफ्नाा मानेकाले चिन्छन । केबल उनी सँग एउटा नाती छ । आज समय बद्लियो बाचा बद्लियो तर बद्लिएन ती हजारौ घरहरुको रुप रेखा , बिचरा ती मेरा छोराहरु ,मजदूरको राज्य , दुखीको ब्यबस्था फर्कन्छ भन्थे तर उनी त्यही छन । हिजो भन्दा आज पीडित छन । बिचरा उनी दुई छाक खानका निम्ती संघर्ष गर्दै छन । हिजो क्रान्तिका कुरा गर्नेहरु आज कोहि दक्षिणपन्थी बने ,कोहि संसद्बादी बने र कोइ पुरानै बाटोमा फर्के त्यसैले आज उनी बोल्नै नसक्ने भएका छन । विश्वाश गरुन पनि कसलाई, आखिर धोका त पाए । आज कसले बुझ्ने उनको पिडा ? आज सबै जान्ने सुन्ने भएका छन । “मेरो मन रुन्छ बाबु ,सपनाले मेरा छोराहरु खायो अब म गुमाउन चाहन्न । जे छ त्यसैमा चित्त बुझाउछु मेरो टुक्रा ,म अब तलाई गुमाउदिन“ ती बुढा बाबुले यसो भन्दा कता कता यो सम्बाद सुनिरहेको मलाई चिसो पस्यो र म सोच्न वाध्य भए शायद यहाँका क्रान्तिकारीहरुको जनता ठग्ने र आत्मसमर्पण गर्ने नयाँ ईतिहास होइन । हिजो कांग्रेसले नि क्रान्ति गर्यो , भिमदत्त पन्त र के आइ सिंहहरु बिद्रोहमै सामेल भए तर दबाईयो र तहस नहस पारियो । बिचरा ती बाबाले आज बुझ्दै छन त्यसैले अब नाती गुमाउन नपरोस भनी सम्झाई रहेछन । त्यो नातीले नी आजका ती क्रान्तिकारी नेताका छोरा छोरी जस्तै स्कुल पढ्न खोज्दो हो , मिठो मसिनो खान खोज्दो हो । बाबा बाबा भन्दै दुख पोख्न खोज्दो हो तर बिचरा अब के गर्नु ? नेताले आत्मसमर्पण गरे , हिजोलाई बिर्सेंर नयाँ बाटोमा लागे । पाँच तारे होटलमा बसेर रक्सीको चुस्की चडाउँदै बेला मौका कुर्लन्छन तर ती सोझा बाबाहरुलाई के थाहा ? बिचरा उनी २००७ सालमा पनि ठगिए त्यो पिडा भुल्न नपाउदै आज जीबनको अन्तिम घडीमा पनि ठगियका छन । सुन्छु ,आज भोली उनी कार्यक्रममा जादैनन रे ? डाँकाहरु भन्दै सराप्छन रे ? बन्दूक बोकेर थकेका उनी एकदिन शोकमा डुबेर ,जनताका छोरालाई मानब ढाल बनाउने भनेर नेतालाई झापड हनेछन । बिचरा बाबा जस्ले त्यत्राो बलिदान गरे ,आज उनी नै आत्मघाती बन्दैछन । त्यो हिजोको माओवादी सानो कांग्रेस बनेर भेट्न गयो रे , बुढाले जुत्ता ठोकेछन् । तलाई भारतीय दलाल भन्दै सराप्नु सरापेछन । आज भोली साना कांग्रेसहरु गाउ नै जादैनन रे , बुढाले आफुलाई जनसरकार प्रमुख घोषणा गरेछन ।
बुढाले अन्तत नातीलाई आफन्तको जिम्मा लगाउदै अन्तिम चिट्ठी लेखेछन ,धेरै गुमाए अब गुमाउनु केही बचेको छैन , मेरो छोरा सोचेको के पुरा हुदोरहेछ ? तिमिले ठुला ठुला सपना देख्थेउ र त्यै ठुलो सपनामा नेपालीको खुशी हेर्न चाहन्थेउ तर बाबु आज आफ्नो घर खरानी बनाएर तिमीले राम्रो गरेका रहेनछौ त्यो मलाई अनुभव भईरहेछ । तिमीले सामन्त भनेर कारबाही गरेका आज तिम्रो पार्टीका बरिस्ठ र ठालु भएछन , कार्यक्रममा आशन ग्रहण गराउदा कहिले कही मलाई अप्ठयारो महसुस हुन्थ्यो ।
तिमीले गरेका काम आज भोली उल्टि रहेका छन । हिजोका पुजिपतीहरु कै आज हालीमुहाली छ । बाबु अब यो सर्बहराबादी पार्टी रहेन । परिवर्तन त ल्याए तर सिमित आफुहरुका लागि मात्र । जनताले कहिले पनि राहतको अनुभव गर्न पाएनन । सत्तामा पुगिरहेकै छन । कहिले काले मन्त्री हुन्छ कहिले गोरे तर जनतालाई के पो हुनु र बाबु ? सत्ताकै लागि हान्थाप गरेर पार्टी टुक्रा टुक्रा पारे बाबु । अब उनिहरुलाई काठमाडौं को मात लागि सकेको छ बाबु ।
बाबुले समाज परिवर्तनको लागि हिंडेको बाबा , छिट्टै यहाँ गरीबको राज्य आउछ भन्थेउ तर आज बाबु म ढुक्क सँग बाच्ने ,स्वतन्त्र भएर आफ्ना कुरा राख्ने मेरा मौलिक अधिकारको माग दाबी गर्न सक्ने राज्य खोजी रहेछु । मलाई गुण्डा राज होएन बाबु मलाई कनुनी राज नै चहियो । त्यो कनुनी राज जहाँ मेरो परीश्रमको मुल्य होस् , फटहा सामन्तहरुको सपना हरम हुने एउटा नयाँ सुन्दर राज्य निर्माण होस् । हिजो क्रान्तिमा लागेका नौजवान कोहि विदेशीए , कोही मानसिक रोगी भएका छन र कोही जिबित नै रहे पनि पलपल मरिरहेको अनुभव गरिरहेका छन । बाबु सबैले जित्ने राज्य भन्थेउ तर आज हामी शहिद परिवार ,बेपत्ता परिवार हारीरहेका छौ । जीत त यहाँ उनीहरुको भएको छ जो हिजो पनि जितेका थिए । बाबु तिमी त निमुखाका निम्ती बलिदानी गरेउ , मलाई पछुतो छैन तर बाबु आज भोली मन आतिन्छ । तिमी सँगै हिंडेका आज कोइ खोक्रो विकासवाद भन्दै सर्वहाराको एजेन्डा नै त्यागे ,कोही फेरी संसदबादी राजनीतिमा छन र कोहि जनताकै सत्ताको लागि हिंडेका छन । म आज भोली सोचिरहन्छु बाबु मैले कसलाई राम्रो भनु , त्यो सानो कांग्रेसको त कुरै छोड । मैले संसदवादीलाई रोजौ या ति बाबु जो आज भोली बाबा हामी छौ नआतिनुश भन्छन तिनिहरुलाई रोजौ ,मैले बुझ्नै सकिन मेरो छोरा ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी