काठमाडौ १७ असार ।
लगातारको वर्षासँगै दार्चुलाका विभिन्न स्थानमा पहिरो खस्दा २ जनाको मृत्यु भएको छ । एक महिला वेपत्ता भएको प्रहरीले जनाएको छ ।
पहिरोले पुरिएर मालिकार्जुन ८ की बसन्ती धामी र सर्मोली ४ मा एक पुरुषको मृत्यु भएको हो । मृतक पुरुषको भने पहिचान खुल्न नसकेको दार्चुला प्रहरीले जनाएको छ ।
यस्तै, जिल्लाको अपी नगरपालिका १७ काकडाका प्रेमसिंह महराकी श्रीमती वेपत्ता भएको दार्चुलाका डिएसपी सुशिलसिंह राठौरले जानकारी दिनुभयो ।
पहिरो गएर जिल्लाको मुख्य सडक नै विभिन्न ठाउमा अवरुद्ध भएपछि उद्दारमा थप कठिनाई प्रहरीले जनाएको छ ।
त्यस्तै दार्चुलाको उकु गाविसको जौलजिवीमा आज बिहानदेखि पहिरो जान थालेपछि दर्जन बढी घरहरु जोखिम छन् । पहिरो खस्ने क्रम रोकिएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline