क्यान्सर पिडित उत्तमको अनुरोध “म मर्न चाहन्न ,मलाई बचाउनुहोस्”

क्यान्सर पिडित उत्तमको अनुरोध “म मर्न चाहन्न ,मलाई बचाउनुहोस्”

  • शुक्रबार, असार १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

सुसान आचार्य/काभ्रे ,१७ असार ।

बिगत ३ दिन महिना देखि ब्लड क्यान्सर रोग बाट पीडित काभ्रे धुलिखेल ६ का १८ बर्सिय उत्तम घिमिरे यतिखेर जीवन र मृत्युसँग जुझिरहेका छन् ।

ललितपुर को हरिसिद्दी स्थित नेपाल क्यान्सर हस्पिटलमा उपचार गराईरहेका उनको आर्थिक स्थीति कमजोर भएका कारण उनले सहयोगका लागी अपिल गर्दै भने उपचारका लागी म सँग पैसा छैन तपाईको सानो सहयोगले मेरो जीवन बाच्न सक्छ , सहयोगको अपेक्ष गर्छु ,कृपया मलाई बचाउनुहोस् ।

गत बैशाख १० गते बाट घिमिरे को शरीरमा ब्लड क्यान्सर को लछ्ण देखियको थियो भने हस्पिटलले जेठ पहिलो साता मात्रै घिमिरे लाइ क्यान्सर भएको प्रमाणित गरेको थियो ।
अत्यन्तै कम्जोर आर्थिक अवस्था भएका घिमिरेको परिवार लाइ यत्ति बेला छोरा कसरी बचाउन भन्ने पिडा सताएको छ ।
आफ्नो भएको सम्पत्ति बेच्दा मात्रै छोराको उपचार गर्न संभावना नदेखे पछी सहयोगि मन र भगवान को भरोसा मा रहनु परेको जानकारी उत्तम का बुबा बिदुर घिमिरे ले दियका छन ।
ब्लड क्यासर को सुरुको अवस्था केहि पार गरि सकेको र रगतमा इनफेक्सन देखिन थाली सकेको हुदा उपचार गराउन झण्डै २५ लाख रुपैयाँ सम्म खर्च हुन सक्ने जानकारी हस्पिटल ले दियको समेत घिमिरे ले बतायका छन ।
कक्षा १२ मा अध्यनत उत्तम घिमिरे परिवार का कान्छा छोरा हुन ।
प्रत्यक्ष टेलीफोन सम्पर्कमा दियको जानकारी अनुसार हाल सम्म उत्तम को उपचार को लागि खासै ठुलो सहयोग कतैबाट पनि नआयको हुदा आफुहरु को आसा मर्न लागी सकेको जानकारी उत्तम कि आमा ले दिएकी छन ।
भने सबैले सक्दो सहयोग गरि आफ्नो छोराको जिबन रछ्या गरिदिन यतिबेला घिमिरे परिवार ले स्वदेश तथा बिदेश मा रहेका सम्पुर्ण नेपाली हरुमा अनुनय बिनय गरेका छन ।

सहयोग का लागी एभरेस्ट बैक लिमिटेडको खाता न :०३२००५०१२०९२४८ फोन न :९८४३१८१२८२५..बुबा ९८४१७३३८४२..आमा

13565513_645409498956441_159618141_n

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी