काठमाडौं १७ असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दातृ निकायका अधिकारीलाई आज छलफलका लागि बोलाउनु भएको छ ।
छलफल आज बिहान साढे १० बजेपछि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुनेछ ।
भूकम्प प्रभावितलाई तत्काल दुई किस्तामा दिन सकिने राहात र त्यसको प्रक्रियाका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बाोलाउनु भएको हो ।
आज दातृ निकायसँग छलफल गरेपछि नियमावली संसोधन गरेर एक हप्ताबाटै रकम वितरणको काम थाल्ने तयारी भइरहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग पहिलो किस्तामा १ लाख ५० हजार र दोस्रोतमा ५० हजार गरि दुई किस्तामा अनुदान बापद्को रकम दिने सहमति भए पनि दातृनिकायसँग छलफल गरेर नियमावली संसोधन गर्न बाँकी रहेको छ ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि दातृ निकायसँग छुट्टै छलफल गर्ने तयारी गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline