सहमति कार्यान्वयन नभए बजेट पारित हुन नदिनेः प्रभाकर

सहमति कार्यान्वयन नभए बजेट पारित हुन नदिनेः प्रभाकर

  • बिहिबार, असार १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

१६ असार, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले सरकारसँग भएका नौ बुँदे सहमति कार्यान्वयन नभए आगामी आर्थिक वर्षको बजेट पारित हुन नदिने चेतावनी दिनुभएको छ ।

रिपोर्टस क्लबले आज गरेको साक्षात्कारमा माओवादी केन्द्रका नेता प्रभाकरले सहमति कार्यान्वयनका लागि सरकारले चासो नदिएको भन्दै यस विषयमा पार्टी्भित्र गम्भिरतापूर्वक छलफल भइरहेको जानकारी दिनुभयो ।

एमाले र माओवादीबीच वैशाखको तेस्रो साता द्वन्द्वकालीन मुद्दा सत्यनिरुपण तथा मेलमिलाप आयोगको दायरामा ल्याउने लगायतका विषयमा ९ बुँदे सहमति भएको थियो । ति सहमतिहरु कार्यान्वयन नभएसम्म बजेट पारित गर्न नहुने लिखित प्रस्ताव प्रभाकरले पार्टी संसदीय दलमा राख्नुभएको छ ।

उहाले मधेसका मुद्दा सम्बोधन गरी संविधानको प्रभावकारी कार्यान्वयन गर्ने जिम्मेवारी अहिलेको सरकारले पूरा गर्न नसक्ने भन्दै राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको पनि बताउनु भयो ।

प्रभारकले राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा माओवादी र प्रमुख प्रतिपक्षी कांग्रेसबीच अनौपचारीक छलफल चलिरहेको पनि बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ