पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै माओवादीले बुझायो प्रमलाई ज्ञापनपत्र

पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै माओवादीले बुझायो प्रमलाई ज्ञापनपत्र

  • बिहिबार, असार १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ,१६ असार  ।

नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेकपा माओवादीले बिभिन्न समयमा पक्राउ परेका आफ्ना नेता कार्यकर्तातालाई तत्काल रिहाईको माग गर्दै प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

माओवादीका उपत्यका बिशेष ब्युरो ईन्चार्ज तथा पोलिट्ब्यरो सदस्य सन्तोश बुढाको नेतृत्वमा गएको टोलीले आज दिउसो साढे दुई बजे प्रधानमन्त्री कार्यलयमा सिंहदरबारमा पुगि ज्ञापनपत्र बुझाएको हो ।

माओवादीले बिभिन्न समयमा भ्रष्टचार तथा कालोबजारीयाप्रति गरेको कार्वावाहिका क्रममा पक्राउ परेका सबै नेता कार्यकर्तालाई रिहईको माग गर्दै ज्ञापन पत्र बुझाईएको केन्द्रिय सदस्य माईला लामाले जानकारी दिनुभयो ।

ज्ञापनपत्रमामा देशमा मोलाउँदै गइरहेको कालोबजारी र महंगी, तस्कर, भ्रष्टाचारी माथि कारवाही गर्न तथा भ्रष्टचारी र कालोबजारीया बिरुद्ध पार्टीले सन्चालन गरेको कार्यक्रमका क्रमम झुठा मुद्धा लगाई आफ्ना दर्जन नेता कार्यकर्तालाई पक्राउ गरेकोले उनीहरुको रिहाईको माग गरिएको छ ।

पछिल्लो समय ५ प्रतिशतले बस्तुको मुल्य बढेकोले त्यसको नियन्त्रण गर्नुपर्ने नभए महङगी भत्ताको ब्यावस्था गर्न माग गर्दछौ विज्ञप्तीमा भनिएको छ ।

यस्तै माओवादीले मुलुकमा व्यप्त भ्रष्टचार र कर छलि जस्ता कार्यको नियन्त्रण गर्न सरकार अग्रसर हुनुपर्ने माग गर्दै पार्टीले त्यसतर्फ उचित कदम नचाले भ्रष्टचारीहरुको जनताले कार्वाहि गर्ने र त्यसमा पार्टिले सहयोग गर्ने पनि स्पष्ठ पारेको छ ।

biplab

यसअघि , दिउसो एक बजे शन्तिवाटिकाबाट बिरोध र्याली निकालिएको थियो । शान्तिबाटीकाबाट निस्कीएको र्याली भद्रकाली ,माईतिघर मण्डला , बानेस्वर ,बिजुलीबजार हुदै हनुमानथान पुगेर सभामा परिणत भएको थियो ।

र्यालीमा ब्युरो ईन्चार्ज बुढा , पोलिटब्युरो सदस्य असारे काका ,केन्द्रिय सदस्य लामा लगयतको माओवादी नेता तथा कार्यकर्ताको उपस्थिती थियो ।

विज्ञप्ती 

bigyapti

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ