काठमाण्डौ ,१६ असार ।
आन्दोलनरत मधेशी मोर्चाको माग सम्बोधनका लागि अग्रसरता देखाउन सांसदहरुले सभामुख ओनसरी घर्तीको ध्यानाकर्षण गराएका छन् ।
ब्यावस्थापिका संसद बैठकमा धारणा राख्दै नेकपा माओवादी केन्द्रका सांसद् जनकराज जोशी र श्याम श्रेष्ठले सभामुखको नेतृत्वमा विशेष समिति गठन गरी समाधानको पहल गर्न माग गरेका हुन्।
संसद कार्यसञ्चालन नियमावली १ सय ८३ आन्तरगत बिशेष समिति गठनको प्रावधान रहेकाले सोही अनुसार अघि बढ्नु पर्ने सांसदहरुको माग छ ।
जोशीले अहिले बनेको संसदीय नियमावली अनुसार पनि संसद र समितिको बैठक बहिष्कारको प्रावधान नराखेको भन्दै समस्याको समाधान यही सदनभित्र खोज्न माग गर्नु भयो । र्मोर्चाको माग सम्बोधनका लागि संसद नै गंभिर बन्नु पनमा उहाले जोड दिनुभयो ।
त्यसैगरी श्रेष्ठले जोशीको प्रस्तावमा समर्थन गर्दै दलहरूबीच भएको वार्ताले समाधान नदिएका कारण सदनले नै लोकतान्त्रिक विधि र पद्धतीबाट आन्दोलनरत पक्षसँग सहमति कायम गरेर संविधान कार्यान्वयनमा अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
यस्तै नेपाल मजदुर किसान पाटीकी सांसद अनुराधा थापामगरले हालै अफगानिस्ताको काबुलमा भएको विष्फोटमा ज्यान गुमाएका नेपाली कामदार पठाउने सम्बन्धीत म्यानपावर कम्पनीका संचालक विरुद्ध ज्यान मुद्दा चलाउन माग गर्नु भएको छ ।
संसदको सून्य समयमा बोल्दै थापामगरले नेपाली युवा, महिलालाई विदेशमा रोजगारीका नाममा बेचविखन गर्ने काम गरेको भन्दै तत्काल संविधानमा संशोधन गरी उनीहरुविरुद्ध ज्यान मुद्दामा फासीको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।
आजको बैठकपनि मधेशी मोर्चाले बहिस्कार गरेको छ । बैठक सुरु भएलगत्तै समय मागेर बोल्दै संघीय समाजवादी फोरमका सांसद दिलबहादुर नेपालीले माग सम्बोधनका लागि सरकार गंभिर नबनेको आरोप लगाउनुभयो ।
यसैबीच ,संसदको बैठकमा आज पनि बिभिन्न थप सात मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल भइरहेको छ ।
शान्ति तथा पुननिर्माण , शिक्षा , वन तथा भू निर्माण , खानेपानी तथा सरसफाइ, श्रम तथा रोजरागार र अर्थ मन्त्रालय अन्तरगत छुट्याइएकोृ बजेट माथि सांसदले धारणा राखिरहेका छन् ।
काग्रेसको अवरोधका कारण विनियोजित विधेयक माथिको छलफल प्रभावित भएपछि पुर्ण बजेट पारित कार्यक्रम दुइ दिन पछि सारेको छ ।
आगामी २१ गते सम्म विनियोजित विधेयक माथिको छलफल गर्ने, २२ गते देखि २४ गते सम्म छलफलका क्रममा उठेका प्रश्नको संम्बन्धित मन्त्रीले जवाफ दिने र २४ गते नै आगामी आर्थिक वर्षको पूर्ण बजेट पारित गर्ने कार्यतालिका रहेको संसद सचिवालयका सह प्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिनु भयो ।