नेपालगञ्ज, १६ असार ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामि बर्षको माघ सम्म संविधान कार्यन्वयन हुन नसके मुलुक ठुलो दर्घटनामा फस्ने चेतावनी दिनुभएको छ ।
नेपालगञ्जमा आज आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान गतिरोध अन्त्य गरी संबिधानको कार्यान्वयनका लागी राष्ट्रिय सहमतीको सरकार आवश्यक रहेकोमा जोड दिनुभयो ।
आफूलाई फेरि प्रधानमन्त्री बन्ने रहर नभएको भन्दै उहाले आफूले प्रधानमन्त्री बन्नका लागि राष्ट्रिय सहमतिको सरकारको कुरा नगरेको पनि दाबी गर्नुभयो ।
प्रधानमन्त्री केपि ओलीकै वा कांग्रेसका सभापति शेरबहादुर देउवा जसको नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार बनेपनि आफ्नो पार्टिलाई कुनै आपत्ति नरहेको बताउनु भयो ।
मुलुकमा जारी गतिरोध अन्त्य गरी असन्तुष्ठ दलको माग संबोधन प्रति सत्तापक्ष सकारात्मक रहेको दाहालले बताउनु भयो ।
संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणका लागि प्रमुख दलहरुबिच बृहद राष्ट्रिय सहमतिको आवश्यकता भएका कारण आफूले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गरेको प्रचण्डको भनाई छ ।