विप्लव माओवादीले आज सिंहदबार घेराउ गर्दै

विप्लव माओवादीले आज सिंहदबार घेराउ गर्दै

  • बिहिबार, असार १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौ,असार १६।

नेकपा माओवादीले आज सिंहदरबार घेराउ गर्दै छन् । दिउँसो १ बजेबाट शुरु हुने घेराउ कार्यक्रममा सिंहदरबार छिर्ने नाकाहरुलाई ब्लक गर्ने रहेको उपत्यका ब्यूरोले जनाएको छ ।

सरकारले बिनाकारण आफ्ना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरी झुठा मुद्दामा फसाउने काम गरेको भन्दै विरोध स्वरुप घेराउ गर्न लागिएको माओवादीले जनाएको छ ।

त्यस्तै देशमा मोलाउँदै गइरहेको कालोबजारी र महंगी, तस्कर, भ्रष्टाचारी माथि कारवाही गरिनुपर्ने साथै राज्यले देशभरबाट गिरफ्तार गरेका आफ्ना नेता कार्यकर्ताहरुको तत्काल रिहाईको माग गर्दै दबाब स्वरुप सिंहदरबार घेराउ गर्न लागेको माओवादीले जनाएको छ ।
एनसेलले राज्यलाई अर्बौं रुपैयाँ कर छलेको भन्दै कर तिराउन दबाब स्वरुप माओवादीको नेतृत्वमा गत जेठ २८ गतेयता एनसेलका देशभरका टावरहरुमाथि कारवाही स्वरुप क्षति पुर्याउने काम भएको थियो ।

सोही क्षति पुर्याउने कार्यमा संलग्न रहेको आशंका प्रहरीले देशभरबाट झण्डै डेढ दर्जन माओवादीका नेता तथा कार्यकर्तालाई गिरफ्तार गरी थुनामा राख्दै आइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ