नेकपा माओवादी केन्द्रको बैठक आज बस्दै

नेकपा माओवादी केन्द्रको बैठक आज बस्दै

  • बिहिबार, असार १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाण्डौ,असार १६ ।

नेकपा माओवादी केन्द्रको हेडक्वाटर बैठक आज बस्दै छ । हिजो बस्ने भनिएको हेडक्वाटर बैठक आवश्यक गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको थियो ।

सोही बैठक आज राजधानीको पेरिस डाडा स्थित पार्टी कार्यालयमा अपरान्ह १ बजेका लागि बोलाइएको छ ।

वर्षमान पुन संयोजकत्वको समितिले तयार पारेको संगठनात्कम संरचनाको विधिबारे छलफल हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिनु भयो ।

आजको बैठकमा १ हजार ५ सय महाधिवेश आयोजक केन्द्रिय समिति बनाएको माओवादी केन्द्रले केन्द्रिय सल्लाकार हेडक्वाटरका साथै पोलिट्ब्युरो र अन्य भातृ संगठनको सदस्य चयन गर्ने तयारी समेत गरेको छ ।

समसामयीक बिषयमा छलफल गर्ने भनिए पनि आजको बैठकमा राष्ट्रिय सहमतीको सरकारको बिषयमा पनि छलफल हुने प्रवक्ता भुसालले जानकारी दिनु भयो ।

माओवादी केन्द्रले कंग्रेससँग मिलेर सरकार बनाउने विषयमा पार्टी भित्र र बाहिर छलफल तिव्र पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ