संसद बैठक बस्दै ,सात मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल

संसद बैठक बस्दै ,सात मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल

  • बिहिबार, असार १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाण्डौ,असार १६ ।
ब्यावस्थापिका संसदको बैठक आज पनि बस्दै छ । नयाँ बानेश्वर स्थित संसद भवनमा बिहान ११ बजे पछि बस्ने बैठकमा बिभिन्न थप सात मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल हुने कार्यसुची छ ।

भुकम्पपिडितलाई पुननिर्माणका लागी एकमुष्ठ दुई लाख दिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसको अवरोधका कारण पाच दिन संसद बैठक अवरुद्ध भएको थियो ।

भुकम्पपिडितलाई दुई किस्तामा राहत उपलब्ध गराउने बिषयमा दलहरु विच सहमती भए सँग थप सात वटा मन्त्रालयको विनीयोजित विधेयक माथिको छलफल हिजो पुनः सुरु भएको हो ।

आजको बैठकमा शान्ति तथा पुननिर्माण , शिक्षा , बृहत वन तथा भू निर्माण , खानेपानी तथा सरसफाइ, श्रम तथा रोजरागार र अर्थ मन्त्रालय अन्तरगत छुट्याइएकोृ बजेट माथि सांसदले धारण राख्नेछन् ।

यसअघि १५ वटा मन्त्रालय माथिको विनियोजित विधेयक बारेको छलफल सकिएको छ ।

कग्रेसको अवरोधका कारण विनियोजित विधेयक माथिको छलफल प्रभावित बनेपछि पुर्ण बजेट पारित कार्यक्रम दुइ दिन पछि सारेको संसद सचिवालयले जनाएको छ ।

आगामी २१ गते सम्म विनियोजित विधेयक माथिको छलफल गर्ने, २२ गते देखि २४ गते सम्म छलफलका क्रममा उठेका प्रश्नको संम्बन्धित मन्त्रीले जवाफ दिने र २४ गते नै आगामी आर्थिक वर्षको पूर्ण बजेट पारित गर्ने कार्यतालिका रहेको संसद सचिवालयका सह प्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिनु भयो ।

यस अघि १७ गतेसम्म छलफल सक्ने,१९ गते देखि २२ गते सम्म सम्बन्धित मन्त्रीले जवाफ दिने र २२ गते पूर्ण बजेट पारित गर्न कार्यतालिका तय भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी