व्यावस्थापिका संसद बैठक आज पनि बस्दै

व्यावस्थापिका संसद बैठक आज पनि बस्दै

  • बुधबार, असार १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाण्डौ ,१५ असार ।

व्यावस्थापिका संसद बैठक आज पनि बस्दै छ । प्रतिपक्षी दल नेपाली काग्रेसका कारण पटक पटक स्थगित हुदै आएको संसद बैठक आज बिहान ११ बजेका लागी बोलाईएको छ ।

नयाँ बानेश्वरस्थित संसदभवनमा बस्ने बैठकमा आजपनि बिभिन्न मन्त्रालयगत विनियोजित वजेटमा छलफल हुने कार्यसुचि छ । तर भुकम्पपिडितलाई एकमुष्ठ दुई लाख दिन माग गर्दै काग्रेसले एक सातादेखि सदन सदनमा अबरोध जारी राखेपछि बैठक कार्यसुचीमा प्रवेशै नगरि स्थगीत हुदै आएको छ ।
काग्रेसकै कारण प्रधानमन्त्री केपि शर्मा ओलीले सदन गर्ने भनेको संबोधन पनि हुन सकेको छैन । आफ्ना माग पुरा नभएसम्म संसद बैठक चल्न नदिने अडान काग्रेसको अडानपछि अबरोध हटाउनका लागी चार दल सम्मिलित कार्यदल गठन गरिएको थियो ।

कार्यदलको बैठकमा समेत दलहरु आ आफ्नै अडानमा कायम रहेपछि हिजै पुन शिर्ष तहमा छलफल भएको थियो । दातासँगको सम्झौता परिमार्जन गरि दुई किस्तामा गरेर पिडितलाई रकम बाड्ने सहमती नजिक पुगेको नेताहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ