अस्थिरताले कृषि बैज्ञानिकहरु बिदेश पलायन : कृषिमन्त्री गजुरेल

अस्थिरताले कृषि बैज्ञानिकहरु बिदेश पलायन : कृषिमन्त्री गजुरेल

  • मङ्लबार, असार १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

भक्तपुर, १४ असार । कृषिमन्त्री हरिबोल गजुरेलले नेपालमा राजनीतिक अस्थिरताको कारण कृषि बैज्ञानिकहरु बिदेश पलायन भएको बताउनु भएको छ  ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उहाँले राजनीतिक अस्थिरताका कारण बैज्ञानिकहरु बिदेश पलायन भएको र राष्ट्रिय सहमतिको सरकार निमार्णसँगै अस्थिरता कमी हुने भन्दै देशलाई आवश्यक परेमा कृषि बैज्ञानिकहरु नेपाल मै काम गर्ने बताउनु भएको हो ।

बिदेशिन बाध्य भएका युवाहरुलाई स्वदेश मै कृषि क्षेत्रमा काम गरि जीवन जोहो गर्न सक्ने वातावरण तयार पार्न सरकार लागि परेको भन्दै कृषि क्षेत्रमा पेन्शनको समेत ब्यवस्था गरिएको मन्त्री गजुरेलले बताउनु भयो । छिट्टै राष्ट्रिय सहमतिको सरकारको निर्माण हुने भन्दै मन्त्री गजुरेलले जसको नेतृत्वमा भए पनि राष्ट्रिय सरकार अपरिहार्य भएको उहाँले बताउनु भयो ।

पुनर्निर्माणको सवालमा सरकारले ढिला सुस्ती गरेको स्विकार गर्दै उहाँले राजनीतिक दलहरुको साझा अवधारण बनाउने भन्दा पनि प्राधिकरणमा राजनीतिक भर्ती गरेकै कारण काममा ढिला सुस्ती भएको टिप्पणी गर्नु भयो ।

वर्तमान सरकारकै संरक्षणमा कालो बजारी भएको भन्दा पनि राजनीतिक दलहरुको संरक्षण कै कारण कालो बजारी मौलाएको उहाँको दाबी छ ।

सरकारले तोकेको समयमा निर्वाचन गर्ने वातावरण तयार भई नसकेको भन्दै उहाँले मधेश आन्दोलनको जायज माग सम्बोधन गरि तोकेकै समयमा निर्वाचन गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी