नेपाल भारत अन्तरसरकारी समिति आइसिजीको बैठक आज दिल्लीमा

नेपाल भारत अन्तरसरकारी समिति आइसिजीको बैठक आज दिल्लीमा

  • मङ्लबार, असार १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ १४ असार ।  

नेपाल भारत अन्तर सरकारी समिति आइसिजीको बैठक आज भारतको नयाँ दिल्लीमा आज बस्दैछ । वाणिज्य सन्धि अनुसार ६–६ महिनामा हुनुपर्ने बैठक साढे दुई वर्षपछि आज बस्न लागेको हो ।

बैठकका लागि नेपालबाट वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायको नेतृत्वमा १२ सदस्यीय टोली हिजो दिल्ली पुगिसकेका छन् । नेपाल र भारतबीच वाणिज्य तथा पारवहन एवं रेल्वे सम्झौता कार्यान्वयनका लागि यो समिति बनेको हो ।

बैठकमा आगामी कात्तिकमा नवीकरण हुने नेपाल–भारत वाणिज्य तथा पारवहन सन्धिमा गर्नुपर्ने संशोधनको विषय छलफल गर्ने कार्यसुची छ ।

यस्तै भारतमा रहेका नेपालीलाई भारतमै खाता खोल्न सहज पार्ने विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ