संसद बैठक सुचना टाँस गरेर स्थगित

संसद बैठक सुचना टाँस गरेर स्थगित

  • सोमवार, असार १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाण्डौ, १३ असार।

व्यवस्थापिका संसदको बैठक सुचना टाँस गरेर भोली अपरान्ह साढे ३ बजेसम्मका लागि स्थगित गरिएको छ । दलहरुबीच सहमति नजुटेपछि सुचना टाँस गरेर संसद बैठक स्थगित गरिएको हो ।

यसअघि आज दिउँसो बसेको बैठक कंग्रेस सांसदको अबरोधका अपरान्ह साढे ३ बजेसम्मका लागि भन्दै स्थगित गरिएको थियो । भूकम्पपीडितका लागि एकमुष्ट २ लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने माग गर्दै प्रतिपक्षी दलले बिहीवारबाट लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

आजको बैठकको शुरुमै बोल्दै कंग्रेस सांसद रामशरण महतले लगातार संसद अवरुद्ध हुदा पनि आफ्ना माग पुरा गर्न सरकार गम्भिर नबनेको भन्दै आपत्ति जनाउनुभयो ।

अघिल्लो सरकारका पालामा दातृ निकायसंग भूकम्पपीडितलाई किस्तावन्दीमा रकम दिने सहमति भएपनि अहिले त्यसको औचित्य सकिएको उहाँको भनाइ छ । पहिलो किस्ताको रकम समेत सरकारले दिन नसकेकाले अब एकमुष्ठ नदिए भत्किएका घर बन्न नसक्ने कंग्रेसको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपीडितलाई राहत, पुनर्निर्माण र काबुल घटनाबारे सदनलाई जानकारी गराउन सभामुख ओनसरी घर्तीसँग समय लिएपनि बैठक अबरुद्ध हुँदै आएकाले सम्भव हुन सकेको छैन ।

यसैविच व्यवस्थापिका संसदको अवरोध हटाउनेबारे सहमति खोज्न प्रमुख चार दलले कार्यदल बनाएका छन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले लगातार संसद अवरुद्ध पारेपछि चार दलले कार्यदलबाट सहमति खोज्ने भएका हुन् । कार्यदलमा कांग्रेसबाट चीनकाजी श्रेष्ठ, प्रकाशशरण महत र कृष्ण सिटौला रहनुभएको छ ।

यस्तै नेकपा एमालेबाट भीम रावल र सुवास नेम्वाङ, माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र राप्रपा नेपालबाट दिलनाथ गिरी सदस्य रहनुभएको छ ।

आजको बैठक पनि कांग्रेसले चल्न नदिएपछि प्रमुख दलका नेताहरुबीच कार्यदल गठन गर्ने सहमती भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ