असार १३ कालीकोट । कालीकोटमा कर्णाली रोजगार कार्यक्रममा कार्यरत ईन्जिनियर जनक रोकायामाथि माओवादीको नाममा अराजक समुहले कालोमोसो दलेको भन्दै एमाले कालीकोटले विज्ञप्ति जारी गरी विरोध जनाएको छ ।
एमाले कालीकोटका अध्यक्ष नगेन्द्र शाहीले आज विज्ञप्ति जारी गरी एमाले निकट नेपाल ईन्जिनियरीङ पेशाकर्मी संघका पूर्व केन्द्रीय सदस्य रोकायालाई सदरमुकाममै रहेको कार्यलयमै गएर कालोमोसो दल्ने र कुटपिट गरिनुले नागरिकको बाच्न पाउने अधिकारमाथि हस्तक्षेप भएको भन्दै दोषीलाई नियन्त्रणमा लिएर कार्बाही गर्न माग गर्नु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline