काठमाण्डौ ,१३ असार ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसको अबरोधका कारण ब्यावस्थापिका संसदको बैठक अपरान्ह सम्मका लागी स्थगित भएको छ।
भूकम्प प्रभावितहरुको राहत तथा पुनर्निर्माणबारे माग राख्दै काग्रेसले आज पनिसंसद बैठक अवरुद्ध पार्यो । संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले उठाएको मागबारे जवाफ दिन खोजेपनि काग्रेस सांसदहरुले अबरोध गरेका थिए ।
संसद बैठक सुरुहुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरेपछि सभामुखले दिएको समयमा बोल्दै अर्थमन्त्री तथा काग्रेस सांसद डा रामशरण महतले अनुदानको आसमा लाखौं जनताले घर बनाउन कुरिरहेपनि सरकारले सम्झौता नै नगरेको आरोप लगाउनु भयो ।
घर बनाउनका लागी सरिकारले आह्वान गरेको भए अहिलेसम्म लाखौ घर निर्माण भईसक्ने भन्दै महतले जनताको पीडा र आँसुले घचघच्याएर आफुहरुले सदनमा अबरोध गर्न बाध्य भएको धारणा राख्नुभयो ।
भूकम्प पीडितलाई एकमुष्ट २ लाख दिनुपर्ने भन्दै उहाले वर्तमान सरकारले भनेजस्तो तत्कालिन काग्रेस सरकारले चार किस्तामा रकम दिने गरी कार्य्विधि बनाएको र दातासँग गरेको समझदारी अर्कै सन्दर्भमा भएको दाबी गर्नुभयो । त्यहि सहमतीका आधारमा पिडितमाथि अन्यया गर्न नहुनेमा जोड दिनुभयो ।
उहाले किस्ताबन्दीको कुरा छोडेर एकमुष्ठ दुई लाख पिडितलाई दिन आग्रह गर्दै कांग्रेससहितका दलहरुसँग वार्ता गरेर हामीले उठाएका विषय सम्बोधन गर्न आग्रह गर्नुभयो, ।
सेनाले बनाएको सामूहिक आवासमा आफ्नो कार्यकर्ताका ठेकेदारबाट सामान लिएर सेनालाई दिएको सुन्नमा आएको भन्दै उहाले छानविनको माग समेत गर्नुभयो ।
महतले बोलेपछि कांग्रेस सांसदहरु आ आफ्नो स्थानमा उठेर बैठक बहिस्कार गरेका थिए । सभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीले यसबारे जवाफ दिन चाहेको भन्दै कांग्रेस सांसदहरुलाई बस्न गरेको आग्रह अस्वीकार गरेपछि अपरान्ह तीन बजेसम्मका लागी बैठक स्थगित गरिएको छ ।