काग्रेस सहमतिमा नआए एमाले शसक्त रुपमा प्रस्तुत हुने

काग्रेस सहमतिमा नआए एमाले शसक्त रुपमा प्रस्तुत हुने

  • सोमवार, असार १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमान्डौं असार १३।

प्रमुख प्रतिपक्षी नेपाली काग्रेस सहमतिमा नआए प्रमुख सत्तारुढ दल शसक्त रुपमा प्रस्तुत हुने भएको छ ।

भुकम्प पीडितलाई एक मुष्ट दुई लाख रुपैया उपलब्ध गराउनु पर्ने माग गर्दै केही दिनदेखि प्रतिपक्षी कंग्रेसले संसद अवरुद्ध गर्दै आएको छ ।

काग्रेसको आन्दोलनलाई लिएर आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित उहाँका शीर्ष नेताहरुसँगको बैठक बसेर काग्रेसले आफैले बनाएको कार्य्विधी र विदेशी दातृ निकायसँग गरेको सम्झौता विपरित माग गरिरहेको निष्कर्स निकालेको हो ।

काग्रेस समस्या समाधानमा सहमतिमा नआए उसका विरुद्ध कडा रुपमा प्रस्तुत हुनु पर्ने निर्णय समेत बैठकले गरेको स्रोतले जानकारी दिएको छ ।

बैठकले आज प्रधानमन्त्रीले संसदमा आफ्नो धारणा राख्न पहल गर्ने र त्यसकोलागि सभामुखसँग छलफल गर्नु पर्ने निष्कर्स समेत निकालेको छ ।

यता काग्रेसले भने आफूहरुको माग प्रति प्रधानमन्त्री गम्भिर नभएको भन्दै अझै कडा रुपमा प्रस्तुत हुने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ