श्रम मन्त्री बोहरा सहितको टोली आज मलेसिया जाने

श्रम मन्त्री बोहरा सहितको टोली आज मलेसिया जाने

  • सोमवार, असार १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौ, १३ असार ।

श्रम मन्त्री दीपक बोहरा सहितको टोली आज मलेसिया जाँदै हुनु हुन्छ । फ्रि भिषा र टिकटमा नेपाली कामदार पठाउनु पर्ने सरकारी निर्णय पूर्ण रुपमा कार्यान्वयन गराउन भन्दै मन्त्रीसहितको टोली मलेसिया जान लाग्नु भएको हो ।

मन्त्रीसहित मन्त्रालयका तर्फबाट पाँच जना र पाँच जना बैदेशिक रोजगार ब्यवसायीहरुलाई लिएर मन्त्री बोहरा मलेसियाका उपप्रधान तथा गृहमन्त्रीको निम्तामा त्यस तर्फ जान लागेको मन्त्रालयले जनाएको छ ।

उहाँसँगै बैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष विमल ढकाल, महासचिव रोहन गुरुङ्ग र पूर्व अध्यक्ष तिलक रानाभाट, महम्मद जुनेद, एमएस कार्कीसहितका ब्यवसायीहरु पनि जाँदैछन ।

मन्त्रालयका तर्फबाट सहसचिव गोविन्द मणी भुर्तेल, बैदेशिक रोजगार प्रर्वदन बोर्डका बद्री बहादुर कार्की, बैदेशिक रोजगार विभागका निर्देशक रमा भट्टराई लगायतका मलेसिया जान लागेको श्रम मन्त्रालयले जनाएको छ ।

मन्त्री बोहराको टोली विहीबार स्वदेश फर्किने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ