पटक पटक स्थगित संसद बैठक आज पनि बस्दै

पटक पटक स्थगित संसद बैठक आज पनि बस्दै

  • सोमवार, असार १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौ १३ असार ।  

पटक पटक स्थगित व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । दिउँसो एक बजेपछि बस्ने आजको बैठकमा विभिन्न मन्त्रालयगत रुपमा विनियोजित रकमबारे छलफल गर्ने कार्यसुची रहेको छ ।

यद्यपी प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको संसद बैठक पनि अवरोध गर्ने तयारी गरेका छन् ।

कांग्रेसले भूकम्प पिडितलाई दिने भनिएको रकम एकमुष्ठ रुपमा उपलब्ध गराउन माग गर्दै लगातार सदन अवरुद्ध गरेपछि विनियोजन विधेयकमाथिको छलफल प्रभावित हुदै आएको छ ।

यसअघि हिजो पनि पटक पटक स्थगित भएको बैठक एजेन्डमा प्रवेश गर्न सकेन । हिजोको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्ने तयारी समेत भएको थियो ।

तर कांग्रेसले बैठक सन्चालन हुन नदिएपछि प्रधानमन्त्रीको सम्बोधन पनि प्रभावित हुदै आएको छ । आजको बैठकमा विभिन्न सात ओटा मन्त्रालयका लागि छुट्याएको रकमबारे छलफल गर्ने तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ