काठमाडौ १३ असार ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान १० बजेपछि दलको कार्यलय सिंहदरबारमा बोलाइएको छ ।
बैठकमा आफूहरुको माग सम्बोधनका लागि संसदमा थप सशक्त रुपमा प्रस्तुत हुने विषयमा छलफल हुने संसदीय दलका सदस्य तीर्थ तामाङले जानकारी दिनुभयो ।
कांग्रेसले भूकम्प पिडितको नाममा दिने भनिएको दुई लाख रुपैयाँ अनुदान रकम एक मुष्ठ रुपमा दिनुपर्ने, छुटेका पिडितको ना पुनर संकलन गर्नुपर्ने लगायतका माग राख्दै लगातार संसद बैठक अवरोध गर्दै आएको छ ।
सरकारबाट आफूहरुको माग सम्बोधनका लागि प्रतिवद्धता नआएसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ ।
आफूहरुले सदनमा उठाएका माग सम्बोधनका लागि सदन बाहिर पनि दवाव दिने लगायतका थप रणनितिका विषयमा पनि आजको बैठकमा छलफल हुने तामाङले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline