धर्म परिवर्तन गराउने समूहलाई कारबाही हुन्छ :उपप्रधानमन्त्री थापा

धर्म परिवर्तन गराउने समूहलाई कारबाही हुन्छ :उपप्रधानमन्त्री थापा

  • आइतवार, असार १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

धनकुटा, असार १२।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपालीको पहिचान गुम्ने गरी धर्म परिवर्तन गराउन सक्रिय समूहलाई कारबाही गर्ने बताउनु भएको छ ।

आज धनकुटामा पत्रकारसँग कुरा गर्दै उपप्रधान मन्त्री थापाले लोभ र लालच देखाएर धर्म परिवर्तन गराउने समूहलाई कानुनी प्रक्रिया बाट कारबाही गर्नु पर्ने बताउनु भएको हो ।

उपप्रधान मन्त्री थापाले हिन्दु धर्मको प्रचार गर्ने कार्य भने संविधानले दिएको अधिकार भएको दाबी गर्नुभयो ।

संविधानले सनातन धर्मको प्रचारप्रचार गर्न पाउने अधिकार दिएकाले नेपाली पहिचानको संरक्षण गर्न हिन्दुत्व जागरण अभियान सञ्चालन गर्नु परेको उहाँको भनाई छ ।

ठूला राजनीतिक दलका नेताले विदेशी नुनको सोझो गर्न धर्म निरपेक्षतामा सहमति जनाएको आरोप समेत लगाउनुभयो ।
आइतबार बिहान जिल्ला विकास समिति, धनकुटा नगरपालिका, पाख्रीबास नगरपालिकाको वित्तिय र भौतिक प्रगति सुन्दै मन्त्री थापाले गाविसमा गएको रकम र सामाजिक सुरक्षा रकमको दुरुपयोग रोक्नु पर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ