संविधान पुनर्लेखनको मुद्धा लिएर मधेशी मोर्चासग‘ वार्ता हुदैनः मन्त्री राई

संविधान पुनर्लेखनको मुद्धा लिएर मधेशी मोर्चासग‘ वार्ता हुदैनः मन्त्री राई

  • आइतवार, असार १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

असार, १२ काठमाण्डौं ।

सूचना तथा सञ्चार मन्त्री शेरधन राईले संविधान पुनर्लेखनको माग राखेर आउने भए मधेशी मोर्चासग‘ बार्ता गर्नुको औचित्य नहुने बताउनु भएको छ ।

rai

आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) काठमाण्डौले विभिन्न पत्रकारहरुलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै मन्त्री राईले सविधान पुनर्लेखन हुन नसक्ने बताउनु भयो ।

उ‘हाले कॉग्रेसले संसद अवरोध गरेर लोकतान्त्रिक मुल्य विपरीत काम गरेको तर्क गर्नु भयो ।

यसै गरी नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले सरकारले ल्याएको अनलाईन नीति नियन्त्रित खालको भएकाले त्यो मान्य नहुने बताउनु भयो ।

कार्यक्रममा प्रेस काउन्सीलका अध्यक्ष वोर्ण बहादुर कार्की लगायतका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

13521612_1625068781142312_1916283507_n

फोनिज काठमाण्डौंले राष्ट्रिय समाचार समितिका महाप्रवन्धक निर्मला तुलाधर आचार्य , गोरखापत्रकर प्रधान सम्पादक पुष्करभक्त माथेमा, रमिता लामा, ध्रुव मधुकर्मी, पुष्पहरी क्याम्प राई, सुभेक्षा बिन्दु, टहल थामी, प्रदीप मेयाङबो, राजन शर्मा, राम कुमारी श्रेष्ठ, कालीमैया चौधरी लगायतकालाई सम्मान गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ