काठमाडौ १२ असार ।
नेकपा माओवादी केन्द्रको बैठक आज बस्दैछ । बैठक अपरान्न ३ बजेपछि कोटेश्वरस्थित पार्टी केन्द्रिय कार्यलयमा बोलाइएको छ ।
आजको बैठकमा पार्टीको सल्लाहकार समिति गठन तथा नेता वर्षमान पुन संयोजकत्वको समितिले तयार पारेको संगठनात्मक विधि सम्बन्धी प्रस्तावमा छलफल हुने बताइएको छ ।
आजको बैठकमा केन्द्रिय सलहकार समितिको साथै केन्द्रिय परिषदको संरचना पनि निर्माण तथा पार्टीको संगठनात्मक विधिका विषयमा छलफल हुने नेता पम्फा भुषालले जानकारी दिनुभयो ।
झन्डै १५ सय महाधिवेशन आयोजक समिति बनाएको माओवादीेले केन्द्रिय समिति भने १ सय ५१ सदस्यीय बनाउने जनाएको छ ।
माओवादीको नयाँ संगठनात्मक विधिमा केन्द्रिय कार्यसमितिका लागि ५१ प्रतिशत खुला र ४९ प्रतिशत अरक्षणको व्यवस्था गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline