संसदीय सुनुवाई समितिको बैठक आज बस्दै

संसदीय सुनुवाई समितिको बैठक आज बस्दै

  • आइतवार, असार १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौ १२ असार ।

संसदीय सुनुवाई विषेश समितिको बैठक आज बस्दैछ । बिहान ९ बजेपछि सिंहदरबारस्थित समितिको कार्यलयमा बस्ने बैठकमा न्यायपरिषद सदस्य पदमा यसअघि प्रस्तावित रामप्रसाद सिटौलाको विषयमा छलफल हुने बताइएको छ ।

तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला नेतृत्वको सरकारले सिटौलाको नाम प्रस्ताव गर्नु भएपनि संसदीय सुनुवाई समिति गठन हुन बाँकी रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँको नाम फिर्ता गर्नुभएको थियो ।

सुनुवाई समिति बनिसकेको अवस्थामा सिटौलाको विषयमा के गर्ने भन्ने बारेमा आजको बैठकले निर्णय गर्ने समितिले जनाएको छ ।

आफ्नो नेतृत्वको सरकारले सिटौलालाई परिषद सदस्यमा गरेको सिफारिस प्रधानमन्त्री ओलीले फिर्ता गरेको भन्दै प्रतिपक्षी काग्रेसले असन्तुष्टी जनाउदै आएको थियो ।

न्याय परिषदमा दुई ओटा सदस्य पद रिक्त रहेकाले न्यायाधिशहरुको नियुक्ति, सरुवा बढुवा लगायतका कामकारबाही प्रभावित हुदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी