काठमाडौ ११ असार ।
प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआइबीले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा पक्राउ परेका चिकित्सकहरुको आम्दानीको लगत संकलन कार्य सुरु गरेको छ ।
पक्राउ परेका चिकित्सकहरु विरुद्ध ठगी मुद्धा दायर गर्र्ने तयारी स्वरुप सिआइबीले लगत संकलन कार्य सुरु गरेको हो । चिकित्सकहरुले काम गरेको अस्पतालहरुबाट उनीहरुको आम्दानीबारे विस्तृत विवरण संकलन कार्य भइरहेको सिआइबीले जनाएको छ ।
अदालतमा ठगी मुद्धा दायर गर्दा विगो कायम गर्नुपर्ने भएकाले सिआइबीले विगतमा चिकित्सकहरुले काम गरेका अस्पतालबाट कमाई गरेको रकमबारे सोधखोज सुरु गरेको सिआइबीका प्रवक्त दिवेश लोहानीले जानकारी दिनुभयो ।
पक्राउ परेहका चिकित्सकहरुले काम गरेका सबै अस्पताललाई उनीहरुको आम्दानीबारे खुलाउन पत्रचार गरेको भन्दै उहाँले केही दिनमै सबै संकलन हुने बताउनु भयो ।
अन्य अनुसन्धानका कार्य अन्तिम चरणमा पुगेको भन्दै सिआइबीले नककली प्रमाणपत्रधारी चिकित्सकको आमदानीका साथै विगतमा अभ्यासका क्रममा उनीहरुबाट भएका त्रुटी संकलन लगत्तै मुद्धा दायर गरिने सिआइबीले जनाएको छ ।