म्याग्दीको ग्रामीण बस्ती पहिरोको जोखिममा

म्याग्दीको ग्रामीण बस्ती पहिरोको जोखिममा

  • शनिबार, असार ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौ ,११ असार ।
वर्षात् सुरु भएसँगै म्याग्दीको ग्रामीण भेगका बस्तीहरुमा पहिरोको जोखिम बढेको छ । कमजोर भू–बनोट, भूमिगत पानी र अव्यवस्थित तरीकाले खनिएको सडकको कारण जोखिम बढ्दै गएको हो ।

जिल्लाको अधिकांश गाविसका बस्ती पहिरोको जोखिममा रहेको जिल्ला भूसंरक्षण अधिृकत दिवाकर पौडेलले बताउनुभयो । यो वर्ष जिल्लाका करिब एक हजार दुई सय घरधुरी पहिरोको जोखिममा रहेको उहाँले बताउनु भयो ।

सबैभन्दा धेरै मुनाको दर गाउँका करिब एक सय ३० घरधुरी र ओखरबोटको जुगेपानीका एक सय घरधुरी पहिरोको उच्च जोखिममा रहेको जिल्ला भूसंरक्षण कार्यालयले जनाएको छ ।

पहिरो गएको क्षेत्रमा जिल्ला विकास समिति, भूसंरक्षण कार्यालय लगायत विभिन्न निकायले जोखिम न्यूनीकरणका लागि वृक्षारोपण, भलपानी तर्काउने, ग्याबिन भर्ने लगायतको काम गर्दै आएका छन् ।

कमजोर भूगोल र पर्याप्त बजेट नहुँदा पहिरो रोकथामको लागि बर्से्नि सञ्चालन हुने साना योजनाले हरेक वर्ष आउने बाढी पहिरोको जोखिमलाई न्यूनीकरण गर्न कठिनाइ भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ