भारतराज शर्मा सुनसरीको इटहरीस्थित पानधारे टोलका एक युवकले उपचार गर्न नसकेपछि आफनै आमाको हत्या गरी स्थानीय टेंग्रा खोलामा गाडेको रहस्य खुलेको छ ।
लामो समयदेखी क्यान्सरबाट पिडित बनेकी इटहरी ४ पानधारेकी ६५ वर्षीया बेचनी चौधरीलाई हत्या गरी खोलामा गाडेको अभियोगमा इलाका प्रहरी कार्यालय इटहरीले २८ वर्षीय छोरा बिजय चौधरीलाई पक्राउ गरेको छ ।
पक्राउ परेका चौधरीले आफुले जन्मदिने आमाको हत्या गरी बोरामा पोको पारेर टेंग्रा खोलामा गाडेको स्विकार गरेको ईटहरीका डि एस पी ओम अधिकारीले जानकारी दिनुभएको छ ।
प्रहरी नियन्त्रणमा रहेका चौधरी स्वयमले आमालाई गाडेको स्थान पूर्याइ उत्खनन गर्दा सेतो बोरामा मुख बाधीएको अवस्थामा शव फेला पारेको थियो ।
डि एस पी अधिकारीका अनुसार क्यान्सरबाट पिडित आमा बेचनीको उपचार खर्च निकाल्न नसकेपछि कान्छो छोरा बिजयले हत्या गरी बोरामा पोको पारेर स्थानीय खोलाको डिलमा गाडेको बताइएको छ ।
करिब एक हप्ता अगाडि क्यान्सरको उपचार गराउने भनी घर बाट लिए हिडेका चौधरी घर फर्कदा आमालाई नलिई एक्लै आएको देखेपछि स्थानीयहरूले शंका गर्न सुरु गरेका थिए ।