देश प्राकृतिक स्रोतले भरिपूर्ण छ, व्यवस्थापन गरौ : प्रधानमन्त्री ओली

देश प्राकृतिक स्रोतले भरिपूर्ण छ, व्यवस्थापन गरौ : प्रधानमन्त्री ओली

  • शुक्रबार, असार १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

१० असार, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका धेरै अवसर तथा अधिकार प्राप्त भइसकेकाले अब ढुक्क भएर त्यसतर्फ लाग्न आग्रह गर्नुभएको छ ।

नेपाल उद्योग परिसंघ र हिमालय टेलिभिजनको संयुक्त आयोजनामा शुक्रबारदेखि राजधानीमा सुरु भएको नेपाल निर्माण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘लगानीको वातावरण बनेको छ, निर्धक्क भएर लगानी गर्नुहोस् ।’

प्रधानमन्त्री ओलीले उद्योग धन्दा खोल्ने वातावरण बनाएर उत्पादन बढाइ छिमेकका दुई ठूला राष्ट्रमा निर्यात गर्न सके मुलुक आत्मनिर्भरतातर्फ जाने उल्लेख गर्दै व्यापार असन्तुलनलाई कम गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

‘देश प्राकृतिक स्रोतले भरिपूर्ण छ, व्यवस्थापन गर्न हामीले सकेनौं, स्वदेशमै मेहनती कहलिन कृषि, उद्योग, पर्यटनमा आधुनिकीकरण गरेर अघि बढ्नुपर्छ,’ उहाले भन्नुभयो ।
नेपाल निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा विकासतर्फको प्रस्थान बिन्दु हुनुपर्छ भन्ने लक्ष्य लिइएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले नेपाल निर्माणका लागि साधारण खर्च कम गरी विकास बजेट वृद्धि गरिनुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ