काठमाडौ ,१० असार । प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसको अबरोधका कारण ब्यावस्थापिका संसद बैठक आज पनि स्थगित भएको छ । पुननिर्माणमा सरकार गम्भिर नभएको आरोप लगाएको काग्रेसले सरकारबाट चित्त बुझ्दो जवाफ नआएसम्म सदन चल्न नदिने अडान राखेपछि सुचना टासेर बैठक स्थगित गरिएको हो । बैठक आगामी आईतवार सम्मका लागी स्थगित गरिएको छ ।
काग्रेसले पुननिर्माणका बिषयमा सरकारबाट सदनमा जवाफ दिन माग गरेपछि प्रधानमन्त्री केपि शर्मा ओलीले आजको बैठकलाई संबोधन गर्ने तयारी गर्नुभएको थियो । तर मागका सम्बन्धमा प्रधानमन्त्री ओलीले आफुहरुसँग छलफल नै नगरेको भन्दै सम्बोधनको भाषामा समेत कांग्रेसले आपत्ति जनाएको छ । काग्रेसले पुर्न्निर्माण प्राधिकरणमा भएको राजनीतिकरण, प्राधिकरणलाई कार्यकर्ता भर्ती केन्द्र बनाएको लगायत कांग्रेसले उठाएका माग सम्बन्धमा सरकारको धारणा माग गरेको हो ।
सुशील कोईराला नेतृत्वको तात्कालिन सरकारले घोषणा गरेको २ लाख रुपैयाँ राहत बास्तविक पीडितलाई उपलब्ध गराउने प्रतिवद्धता बर्तमान सरकारबाट नआएसम्म सदनको कारवाही अघि बढ्न नदिने सांसद रामहरी खतिवडाले जानकारी दिनुभयो ।
बैठकमा आजपनि ७ वटा मन्त्रालय अन्तरगत छुट्याईएको रकममाथि छलफल गर्ने कार्यसुची थियो । जेठ २२ गते आगामी आर्थिक बर्षको पूर्ण बजेट पारित गर्ने गरी संसद सचिवालयले गत मंगलवारबाट विनियोजन विधेयकमाथि छलफल सुरु गरेको हो । संसदको अर्को बैठक असार १२ गते आईतवार बिहान साढे ११ बजे बस्ने छ ।