१० असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार दलहरुले गणतन्त्र र लोकतन्त्रको आवरण ओढेर सर्वसत्तावादी शैली लाद्न खोजेको आरोप लगाउनु भएकोे छ ।
प्रजातान्त्रिक विचार समाजको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले राष्ट्रिय सहमति कायम गरेर संविधानका प्रावधानअनुरुप स्थानीय, प्रदेश र संसद तिनै तहको निर्वाचनको तिथिमिति तय गर्नुपर्ने बताउनु भयो ।
कांग्रेसले जनचाहनाअनुरुपको संविधान जनतालाई दिएर जनमतको कदर गरेको भन्दै उहाले अब संविधान कार्यान्वयनमा पार्टी लाग्ने धारणा राख्नुभयो ।
लोकतन्त्र र प्रजातन्त्रमा अटुट विश्वास राख्ने कांग्रेस निर्वाचनदेखि नडराउने भन्दै देउवाले सबैले निर्वाचनमा भाग लिने वातावरण मिलाउन आवश्यक रहेकामा जोड दिनुभयो ।
प्रजातन्त्र सुदृढ र संविधान कार्यान्वयनमा चुनौती समाधानका लागी पनि राष्ट्रिय सहमतीको आवश्यक्ता रहेको उहाको भनाई थियो ।
कांग्रेस नेता रामचन्द्र पौडेलले वर्तमान सरकार संविधान कार्यान्वयनमा भन्दा पनि सत्ता टिकाउनमा नै केन्द्रित रहेको आरोप लगाउनु भयो ।
उहाले भ्भनुभयो , सरकारको काम गराई हेर्दा संविधान कार्यान्वयनमा देखिँदैन, सत्तामा कसरी टाँसिरहने भन्नेमा छ ।
यस्तै कांग्रेस नेता अर्जुननरसिंह केसीले वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारमा रुपान्तरण गर्न नसकिने बताउनु भयो ।