नेपालमा जातीय र धार्मिक द्वन्द्वको बिज रोपियो

नेपालमा जातीय र धार्मिक द्वन्द्वको बिज रोपियो

  • सोमवार, असार ६, २०७३
  • राजु ढुङ्गाना (प्रनिल)

  • 15.3K
    SHARES

raju-dhunganaम’ सिदा लेख्छु, आदर्शका रटान लगायर बुट्टा भर्दिन सङ्घियता ,रास्ट्रय जनावर र धर्म यो तीन बिच निकै ठूलो द्वन्द्व चलिरहेको छ। नेपालमा जातिय र धार्मिक द्वन्द्वको बियु नराम्रो सङ्ग रोपिएको छ। सङ्घियतालाई जातियतामा जबर्जस्त रुपान्तरण गरिदै छ, भने धर्म निरपेक्षको नाममा धार्मिक समुदाय बिचमा द्वन्द्व निम्त्याइदै छ। यो विषयकले भोलि रास्ट्र नटुकृयला भन्न सकिँदैन, आज पहिचानको नाममा मगरहरुले मगरात मागिरहेका छन, थारुहरुले थारुवान मागिरहेका छन, मधेसीले मधेसवान, लिम्बूले लिम्बुवान खस आर्यले खसान, राईले किरात खम्बुवान आदि आदि मागिरहेका छन, भोलि उक्त नामका राज्यमा बसोबास गर्ने अन्य जाती समुदायमाथी उक्त जातकै हालिमुहाली अवस्य हुनेछ, र त्यही नामको राज्य भित्र अर्को जातीले आफ्नो जात समुदायको राज्य माग्ने छ।
उक्त राज्यमा उक्त जाती समुदायकै एकात्मक चरीत्र प्रवृत्ति देखिने छ, र आफ्नो बर्चस्व कायम बनाउदछ। अनि त्यो राज्यमा बस्ने अन्य जाती समुदायले अपनत्व कसरी गर्न सक्छ..? याहा सङ्घियता सम्बन्धि आदार्शका कुरा जति छरेपनी व्यवहारमा बस्तुत फरक हुन्छ। याहा आदिवासी जनजाती वा मुल वासी कोहिपनि छैनन इतिहासको भजन सुनायर झुटो अफवाह नफैलाइयोस, खस आर्य पनि बाहिरै बाट आयको हो मङ्गोलियनहरु अर्थात जनजातीहरु पनि बाहिरै बाट आयको हो, तथा मधेसी थारु पनि बाहिरै बाट आयको हो, त्यसकारण इतिहासको झुटो भजन गायर जातियताको र-वाफ देखाउनु गलत छ।
जातिय नामको राज्य हुने बित्तिकै पहिचान मिल्ने सोचाइका मस्तिष्कहरु निर्माण गरिदैछ, भने विभिन्न नदिनाला सगरमाथा, लुम्बिनी, कर्णाली, आदि नामबाट प्रदेशको नाम राख्नुपर्छ भन्य मस्तिष्कहरुलाइ जबर्जस्त पहिचान बिरोधि कारार गरिदैछ। आफ्नो पहिरन, आफ्नो धर्म, आफ्नो भासा, भासागत स्कुल कलेज,उध्योग कलकारखाना, रोजगारी, शिक्षा स्वास्थ, सडक, यातायात, सञ्चार, सामाजिक सुरक्षा, निकायहरुमा समान पहुच, यत्ती चाहियको हो, उदाहरण: यो चिजहरु सगरमाथा नामको प्रदेश, लुम्बिनी नामको प्रदेश, विभिन्न नदिनाला नामको प्रदेश यस्तै नामहरुको प्रदेश बनाइ पहिचानको व्यवस्था गर्न सकिन्छ, याहा सबैलाइ आफ्नो पहिरन देखि लियर खानेकुरा सम्मको पहिचान चाहियको छ, बिकाश चाहियको छ, समृद्धि चाहियको छ, त्यसकारण जातिय राज्य हुनै पर्छ भन्नू गलत हो। तर याहा प्रदेश बनाउदा जमिन वरपर हुन दिदैनन, आफ्नो जात समुदायको नाम भन्दा अरु नाम रुचाउदैनन, आफ्नो पहिचानको चै खुब रटान लगाउछन तर अर्काको पहिचानको चै खिल्ली उडाउदै मादल बजाउछन। तर पनि बिकाश, पहिचान भन्न छोड्दैनन, मधेसीहरु करिब ३० बर्ष देखि सत्तामा छन, तरपनी दोस अरुलाई नै दिन्छन, जनजातिहरु रक्सिको घ्याम्पोमै डुबेर पछि परे, लाहुरे प्रणालीको बिरोध गरेनन बरु र्याल चुहाउदै लाहुरे बन्न गय तरपनी दोस अरुलाइ नै दिन्छन।
सवाल जातीय मुक्तिको होइन, सवाल बर्गिय मुक्तिको हो। याहा हरेक जातीमा पछाडि परेका पनि छन र अगाडी गयका पनि छन, अगाडी जानेहरुले नै आफ्नो जात समुदाय पछाडि पारेका छन, याहा सबै जाती भित्र धनी पनि छन र गरिव पनि छन, राज्य सन्चालनमा सबै जातिका प्रतिनिधित्व छन, राज्यको अङ्गहरुमा सबै जातिका मान्छेहरु छन, तरपनी दोस अर्कैलाइ…. याहा किरात राज्य माग्नेहरुले नै हिन्दु राज्यको बिरोध गर्छन, जसरी उनिहरु आफुलाइ किराँती भन्न रुचाउछन त्यसै गरि हिन्दुहरुले पनि आफुलाइ हिन्दु भन्न रुचाउछन भन्य कुरा चै बिर्सन्छन, उनिहरुले मान्य आफ्नो धर्मको बयान, प्रचार, र सम्मान गर्छन, तर अरुले मान्य धर्मको चै अपमान गर्छन, कुरिती सबै धर्मभित्र छ, सुधार्नुपर्छ बदल्नुपर्छ, तर सबैले सबैको धर्म प्रती सम्मान गर्नुपर्छ।
तर याहा भड्काववादिहरुले जबर्जस्त आक्रमण गरि अफवाह फैलाउदैछन, कुनैपनी कुरा हिन्दु धर्म सङ्ग जोडेर, बाहुन छेत्री समुदाय सङ्ग जोडेर द्वन्द्व निम्त्याउन अनेक गर्दैछन। भर्खरैको घटना नेपालमा घट्यो गाई काट्नेलाइ जेल हालियो, हाल्नु पर्थ्यो हालियो, कारण गाई नेपालको रास्ट्रय जनावर हो। तर याहा पहिचानको रटान लगाउनेहरुले नै रास्ट्र जनावर माथी अपमान गरे, साथै कुनै समुदायको अथवा हिन्दु धर्मल्वाम्बिहरुको धार्मिक आस्था माथी प्रहार गरे। तर पनि पहिचान भन्छन, फेरि रास्ट्रको पहिचान मेटाउन खोज्दछन, अरे ए अरुको पहिचान मेटायर आफ्नो पहिचान रट्नेहरु आज तिमिलाइ गाइ काटेर खान मन लाग्यो भोली मलाई गैंडा को मासु खान मन लाग्ला पाउने कि नपाउने….? अब संग्रहालय मा मात्रै हैन बाघको छाला म घरमा सजाउछु पाउने कि नपाउने …? के सबैलाई आफुले मन लागेको गर्न पाउने हो ..? हो भने कानुन नाम को चिज के हो ..? रास्ट्रीय जनावर भनेको के हो ..? भोली सबैले यसै गर्दा रास्ट्रको चिनारी बाकी रहला कि नरहला .. ? बिस्वमा एउटा यस्तो देश को उदाहरण दिनुस जहा रास्ट्रीय जनावर लाइ काटेर खाइन्छ ।
हजारौं बर्ष देखि हिन्दु हरुले पुजा गर्दै आयका छन गाइ, जस्लाइ उनीहरुले आफ्नो धार्मिक आस्थाका रूपमा सजाउछन भने त्यही समाजमा अर्को ले काटेर खादा समाज कता जाला …? भोली हिन्दु हरुले गुम्बा र चर्चमा गयर मुतिदेलान अनि तिमि सहन सक्छौ …? के गाइ खान पाउदा तिमिले आफ्नो पहिचान पाउने नत्र गुमाउने हो…? हैन भने कानुन ले निषेध गरेको तथा धर्म निरपेक्ष पछि नितान्त रास्ट्रय जनावर कायम भयको अनि त्यही नितान्त रास्ट्रय जनावरलाई कुनै समुदायले धार्मिक आस्था का रूपमा मान्दछन भने तिमिलाइ आपत्ति किन…?त्यही चिजलाइ तिमि किन निस्तेज पार्न खोज्दैछौ । मैले यसो भनी रहदा हिन्दु अतिवादी सोच भन्लान् मलाई अनि कसैले बाहुनवाद भन्लान्, भन तिम्रो विवेक ले जस्तो मुल्यांकन गर्न सक्छ त्यही भन तर मैले कहा निर जोडन खोजे भने एउटै समाजमा बसेर कसैले आफ्नो स्वार्थ पुरा गर्न कसैको अस्थित्तो मेटाउन मिल्दैन यो कदम भनेको त साच्चै धार्मिक द्वन्द को अभ्यास हो।
मलाई तिमिले समानताको पाठ सिकाउन जरुरी छैन म आफै बाहुन जातको भय पनि सधै धार्मिक समानता र पहिचान लाइ समर्थन दिने मनुष्य हुँ यस्को मतलब यो होइन कि तिमिलाइ समानता दिनको लागि, म’ कसैको आस्था मारौँ गाइ खादा तिमिले समानता पाउछौ भने तिमी दरिद्र हौ, तिमी भड्काववादी हौ, तिमि किन आफ्नो अधिकार र पहिचानको नाममा अरुको वा अर्को समुदायको पहिचान लाइ मेटाउन खोज्दै छौ..? धार्मिक सहिष्णुता अनि धर्म निरपेक्षता भनेको गाइ खान पाउने भन्ने हो …? कि तिम्रो बुझाइको कमि हो …? तिमि समाजमा मेलमिलाप चाहान्छौ या घृणित हुन चाहान्छौ..? के मैले कसैले पुजा गरेको मुर्ति लाइ लात हानेर हिड्न मिल्छ …? हो तिमि त्यही गर्दैछौ यसको परिणाम भोली कस्तो आउला ..? त्यो बेला तिमिले पाउने पहिचान कस्तो होला…? सोच पहिला आज सबैले आफुले मन लागेको गर्न पाउनुलाइ आफ्नो पहिचान भनेर सोच्ने हो भने भोली देश कता जाला…? गाइ छोडेर अरु खादा तिम्रो भुडी भरिदैन हो …? जुन कुराले समाजमा मुडभेट हुनसक्छ हामी त्यही गर्दैछौ तिमी त्यही गर्दैछौ। यहा कुनै एक धर्मको वकालत भन्दा पनि भोलिको अवस्था र बास्तबिकता राखियको छ भलै तिमिलाइ मन नपरोस।
हिजो कस्ले के सिकाय अलग बिसय हो तर नितान्त रास्ट्रय जनावर एवं कसैले पुज्ने कसैले लात हान्ने एउटै समाजमा स्विकार्य हुदै हुदैन । यो त सिधै धार्मिक हस्तक्षेप हो यस्ले समाजमा केबल द्वन्द मात्रै पैदा गर्छ। यो नितान्त मेरो व्यक्तिगत आफ्नो बिचार हो जस्ले जति बुझ्छ त्यती राख्ने हो तर आदर्श का कुरा गरेर समाज विकसित हुँदैन नत सामाजिक एकता नै कायम हुन्छ । सबैले सबैको धर्म सस्कृती को सम्मान गर्न सिकौ।र जातिय आधारमा नभै सामर्थ्य र बर्गिय आधारमा सङ्घियता निर्माण गरौ। लेखक: राजु ढुङ्गाना (प्रनिल)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी