एसएलसीको नतिजा सार्वजनिक , ए प्लसमा १६ हजार चार सय ५४

एसएलसीको नतिजा सार्वजनिक , ए प्लसमा १६ हजार चार सय ५४

  • बिहिबार, असार २, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं, असार २। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

एसएलसीको ८२ वर्षे इतिहासमा यसैवर्षदेखि ग्रेडिङ पद्धति लागू भएको छ । विभिन्न नौ ग्रेडिङमा परीक्षाफल सार्वजनिक गरिएको हो ।

नियमिततर्फ ९० देखि १०० प्रतिशत ल्याउने ए प्लसमा १६ हजार ४ सय ५४ जना, ८० देखि ९० प्रतिशत ए ग्रेडमा ४१ हजार ५ सय ७७ जना छन् ।

७० देखि ८० प्रतिशत बी प्लसमा ४८ हजार ६ सय ११ जना, ६० देखि ७० प्रतिशत बीमा ६३ हजार १ सय ८१ जना छन् ।

यस्तै ५० देखि ६० प्रतिशत सी प्लसमा ९४ हजार ७ सय १६ जना,४० देखि ५० प्रतिशत सी ग्रेडमा १ लाख ४ हजार २ सय ७८ जना रहेका छन् ।

यस्तै ३० देखि ४० प्रतिशत ल्याउने डी प्लसमा ५६ हजार ७ सय ६३ जना, २० देखि ३० डीमा ८ हजार जना र २० देखि १० प्रतिशत इमा ११ जना छन् । नियमित, प्राविधिक र एक्जाम्टेड सबै विद्यार्थीको नतिजा अक्षरांक पद्धतिअनुसार प्रकाशित भएको छ ।

परीक्षामा कूल ६ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भएका थिए । जसमा नियमित तर्फ चार लाख ५२ हजार ८८१ र एक्ज्याम्टेड तर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थीले परीक्षा दिएका थिए ।

अघिल्ला वर्षहरु जस्तै एसएलसीको नतिजा वेवसाइट, एसएमएस र टेलिफोनबाट थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

वेवसाइटमाधधध।mयभ।नयख।लउ,धधध।मयभ।नयख। धधध।कअिचभकगति।कयअभ।नयख।लउ मार्फत हेर्न सकिने छ । नेपाल टेलिकमको १६०० मा आफ्नो सिम्बल नम्बर पठाएपछि आफूले प्राप्त गरेको ग्रेड प्वाइन्ट एभरेज (जीपीए) थाहा पाउन सकिन्छ ।

त्यस्तै नेपाल टेलिकमको एसएलसी डट एनटीसी डट एनइटीबाट पनि नतिजा थाहा पाउन सकिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी