परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी भएको जानकारी दिँदै भन्नुभयो, “आज मध्याह्न बोर्ड बैठक आह्वान गरेका छौँ, प्राविधिक समस्या नआएमा आज अपराह्न ३ बजे शिक्षा विभागमा पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गर्छौैँ ।”
गत चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालित परीक्षाको नतिजा यस वर्षदेखि अक्षराङ्क अर्थात् ग्रेडिङ प्रणालीमा हुनेछ । परीक्षामा छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भएका थिए ।
नियमिततर्फ चार लाख ५२ हजार ८८१ र पूरकतर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी भएको परीक्षा नियन्त्रक काप्रीले जानकारी दिनुभयो ।
बिद्यार्थीले आफ्नो नतिजा वेभसाईड र एसएमएसबाट थाहा पाउन सक्नेछन् ।तर रिजल्ट हेर्दा सस्तो कुनमा पर्छ विचार गरेर मात्रै हेर्नुहोस् । किनकी रिजण्ट हेरेबापत तपाईले तिर्नुपर्ने रकम फरक फरक छ । सबैभन्दा सस्तो नेपाल टेलिकमको रहेको छ ।
एसएलसीको नतिजा प्रकाशित हुने माध्यमहरु:
सामान्यतया अरु निजी कम्पनीका एसएमएसको शुल्क ५ रुपियाँ हुने गर्छ। यसमा करवापत् तिर्नुपर्ने रकम छुट्टै हुन्छ। कसैकसैको त १० रुपियाँ पनि हुनसक्छ। टेलिकमको एसएमएसको भने सामान्यतया करबाहेक प्रति एसएमएस १ रुपियाँ मात्रै पर्छ।
अबका केही दिनमा यी सबले कसरी नतिजा हेर्ने भनेर विज्ञापन पनि गर्नेछन्, त्यहाँ हेरेर कसको शुल्क कति रुपियाँ हो बुझ्नु होला।
नेपाल टेलिकमबाट यसरी एसएलसी नतिजा हेर्न सकिने रहेछ:-
नौ ग्रेडिङमा परीक्षाफल
एसएलसीको ८२ वर्षे इतिहासमा यस वर्षदेखि ग्रेडिङ पद्धति लागू भएको छ । विभिन्न नौ ग्रेडिङमा परीक्षाफल प्रकाशन गरिने परीक्षा नियन्त्रक काप्रीले जानकारी गराउनुभयो ।
उहाँले ९० देखि १०० प्रतिशत ल्याउने ‘ए प्लस’, ८० देखि ९० प्रतिशत ‘ए’, ७० देखि ८० प्रतिशत ‘बी प्लस’, ६० देखि ७० प्रतिशत ‘बी’, ५० देखि ६० प्रतिशत ‘सी प्लस’,४० देखि ५० प्रतिशत ‘सी’, ३० देखि ४० ‘डी’ प्लस, २० देखि ३० ‘डी’ र १० देखि २० प्रतिशत ल्याउनेलाई ‘इ’ ग्रेडिङमा राखिएको जानकारी दिनुभयो ।
नियमित, प्राविधिक र पूरक परीक्षामा संलग्न सबै विद्यार्थीको नतिजा अक्षराङ्क पद्धतिअनुसार प्रकाशन गरिनेछ । पहिलो लेटर ग्रेडिङ र अन्तिम एसएलसी भएका कारण यो नतिजाप्रति धेरैको चासो रहेको छ ।


