तोरीको सागमा पाइने भिटामिन, मिनिरल, फाइबर र प्रोटीन निक्कै लाभदायक हुने विज्ञहरु बताउँछन् ।
१०० ग्राम तोरीको सागमा २७ क्यालोरी, शून्य दशमलव ४ ग्राम चिल्लो, ३५८ मिलिग्राम पोटासियम, ४ दशमलव ७ ग्राम कार्बोहाइड्रेट, २ दशमलव २ ग्राम फाइवर, १ दशमलव ३ ग्राम सुगर, भिटामिन ए, सी, डी, बी १२, म्याग्नेसियम, आइरन र क्याल्सियम जस्ता तत्व हुन्छ ।
जाडोमा तोरीको साग सेवन गर्दा हुने फाइदा :-
तोरीको सागमा एन्टीअक्सीडेन्ट्स भरपूर मात्रामा हुन्छ । यसले शरीरमा रहेका विकार विसर्जनमा मुख्य भूमिका खेल्छ । र रोगसँग लड्ने क्षमता बढाउँछ । त्यतिमात्र होइन तोरीको साग सेवन गर्दा मुत्रनली, पेट, छाती, फोक्सो, प्रोस्टेट र पाठेघरको क्यान्सरबाट समेत तोरीको सागले बचाउँछ ।
मुटुका लागि राम्रो
तोरीको सागले शरीरमा नकारात्मक कोलेष्ट्रोल नियन्त्रण गर्छ र फोलेटको निर्माण बढाउँछ । यसले कार्डियोभास्कुलर रोगको सम्भावना समेत घटाउँछ ।
पेट सफा बनाउँछ
तोरीको सागले फाइबरको मात्रा बढाउँछ जुन पाचनको लागि निक्कै राम्रो मानिन्छ । यसको सेवनले पाचन प्रणली स्वस्थ रहन्छ ।
मोटोपन नियन्त्रण गर्छ
तोरीको सागमा क्यालोरी कम र फाइबर बढी हुने हुँदा यसले शरीरको पाचन प्रणाली मात्र राम्रो राख्दैन । मोटोपन पनि नियन्त्रण गर्छ । मोटोपनको शिकार भएकाहरुलाई समेत तोरीको साग लाभदायक छ ।
हाडलाई बलियो बनाउँछ
तोरीको सागमा क्याल्सियमको मात्रा बढी हुन्छ । यसले पोटासियमको मात्रा पनि बढी दिन्छ । हड्डि बलियो बनाउन चाहिने यी तत्व तोरीको सागमा पाहिन्छ । हाडको समस्या हुनेलाई समेत तोरीको साग राम्रो मानिन्छ ।
आँखा तेज बनाउँछ
आँखाको लागि सागपात सबै भन्दा राम्रो चिज हो । तोरीको सागले आँखाको तेज बढाउँछ र आँखाका मांसपेसी समेत मजबुत राख्छ ।