किरणबाबु पुनको तिजको गीतबाट सुरु गर्यो हिम सम्झौताले भिडियोको सुटिङ्

किरणबाबु पुनको तिजको गीतबाट सुरु गर्यो हिम सम्झौताले भिडियोको सुटिङ्

  • आइतवार, जेष्ठ ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

कमल सरगम
जेष्ठ ३० ,काठमाण्डौ
नेपालीहरुको महान पर्व तिजको चहलपहल निकै बढ्न थालेको छ  ।यसैलाई लक्षित गरि हिम सम्झौता डिजिटलबाट आजदेखि तिजको भिडियो निर्माण सुरु भएको छ  ।बसुन्धाराको दियालो पार्टी प्यालेसमा भएको सुटिङ्को गीतमा अभिनय भने धुर्ब हिमाली र करिश्मा ढकालले गर्नुभएको थियो  ।बहुचर्चित गायक तथा सर्जक किरणबाबु पुन र भावना जीशीको सुमधुर आवाजमा रहेको गीतमा लय शब्द पनि किरणबाबु पुनकै रहेको छ  ।एकिन्द्र सारा शंकरको निर्देशनमा तयार भएको भिडियोमा छायांकन भने करण चैसिरले गर्नुभएको हो  ।निकै दर्शकहरुको भिडमा सुटिङ् भएको भिडियो अबको केहि दिनमै टेलिभिजनबाट प्रसारण हुदै छ  ।kiranbabupunतिज अलिक छिटो भएन भन्ने प्रश्नमा  कम्पनि संचालक नन्दराम परियारले भन्नु भयो “बरु ढिला भयोहोला छिटो भएको छैन अब तीजको माहोल सुरु भएको छ हामीले सुटिङ् मात्र सुरु गरेका छौ प्रोमो बजाउने समय हाम्रो कम्पनीको नियम अनुसार र दर्शक स्रोताको मागलाइ मध्यनजर गरेर पठाउने छौ”  ।सोहि अबसरमा हिम सम्झौतालाइ अवार्डले केहि अप्ठ्यारो पारेको हो भन्दा उहा नन्दराम भन्नुहुन्छ “हिम सम्झौता डिजिटल बिस्वभर बसेर नेपाली माटोलाई माया गर्ने नेपालीहरुको कम्पनि हो  ।अधिकांश नेपालीहरुको मनमुटुमा अहिले हिम सम्झौता छ यही हो हाम्रो अवार्ड  ।मैले अवार्डत अस्ति तेही प्रज्ञाप्रतिष्ठानमै छाडेर आइसके ,एति बोल्छु आगामी दिनहरुमा अवार्डको कार्यक्रममा हिम सम्झौता टिमले अवार्डमा भाग लिदैन  ।आफ्नो कम्पनीका प्रतिनिधिहरुलाई पनि अवार्डको बारेमा कुनैपनि नकारात्मक टिकाटिप्पणी नगर्न समेत अनुरोध गर्दछु” ।आफु पृथ्वी नारायण शाह,बलभद्र कुवर ,अमर शिंह जस्तो व्यक्तिको सन्तति सम्झने नन्दराम बास्त्बमै नया तथा पुराना कलाकारहरुको मनको ढुक्ढुकी भएर सिंगो सांगीतिक क्षेत्र धान्दै आएका छन  ।नन्दरामलाइ सांगीतिक यात्राको हार्दिक शुभकामना व्यक्त गर्दछौ  ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी