साँढे

साँढे

  • आइतवार, जेष्ठ ३०, २०७३
  • –अशोक कुँवर ‘नेत्र’

  • 11.5K
    SHARES

गतिलो साँढे
बस्तीको बिच भाग
हिँड्दै छ– डुक्रँदै
गर्दै फ्वाँफ्वाँ र स्वाँस्वाँ ।

साँढे बद्मास छ
कहिले खान्छ किसानको बाली,
घुरेनका सागपात
कहिले सिँगौरी जोत्छ
रैँदालो पार्छ धानको ब्याड
साँढे बलियो छ
बस्तीभरि
उसकै
एकतन्त्रीय रजाइँ छ ।

साँढेलाई पुन्य कमाउन
अधर्मी धर्म प्रसादले
डामेर छाडेका हुन्– बस्तीमा
तर
बस्तीमा साँढेको प्रवेश भएदेखि
बासिन्दाहरू
हरेक दिन त्रसित छन् ।

कसैकसैको मस्तिष्कमा
साँढेलाई
अन्तै छोड्ने बुद्धि पनि आएकै हो
कसैकसैले बयल गाडामा
बस्तीभन्दा बाहिर लगेर
छाडेका पनि हुन्
गाडा आउनु भन्दा पहिले नै
आइ पुग्यो– साँढे ।

साँढे
बस्तीमा प्रवेश गरेको छ
तर
न त फकाउँदा जान्छ
न त धपाउँदा जान्छ
मुर्ख छ,
अटेरी छ
जो नजिक आउँछ
छेँडुँला जस्तो गर्छ
बासिन्दाको
टाउको दुखाइ भएको छ ।

साँढेको त्रास हटाउनु छ
बनाउनु छ भय रहित समाज
धर्मले नै छाडा बनाएको हो साँढे
त्यसैले
छाडा साँढेलाई नारौँ हलोजुवा
जोतौँ खेत
श्रम नै महान् हो भन्दै
खटाऔँ खेतबारीमा ।

साँढेलाई पुन्य कमाउन
अधर्मी धर्म प्रसादले
डामेर छाडेका हुन्– बस्तीमा
तर
बस्तीमा साँढेको प्रवेश भएदेखि
बासिन्दाहरू
हरेक दिन त्रसित छन् ।

hamroashok@gmail.com

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी