अहिले पछिल्लो समय बृहत रूपमा चर्चा परिचर्चा संगै सामाजिक र राष्ट्रिय मुद्दा बनी सकेको नारी स्वतन्त्रता र समानता का कुरा कहि मौखिक र लिखित मात्रै त कहि अपाच्य र बिकृती का रूपमा प्रष्ट देखिन थालेको अबस्थामा आम नेपाली नारीहरु तथा सरोकार वाला संघ सस्था ले यशबारे एकपल्ट गम्भीर भयर सोच्नै पर्न भएको छ । नारी देबि हुन शक्ति हुन र सृष्टि संचालक र समाज परिबर्त्क हुन नारीलाई पनि पुरुष सरह सम्मान गर्न सहभागीता दिलाउनौ पर्छ ।राज्य दुवारा बितरन गरिने हर्यक सेबा सुबिधा का भागेदार नारी पनि बन्नै पर्छ ।यो आबज र व्यवहारिकता आम नेपाली समाज र राष्ट्रिय रूपमा नै बुलन्द र सकृय बनाउनै पर्छ ।पछिल्लो समय एउटा फेसन का रूपमा सबै संघ सस्था तथा कथित अधिकार दिलाउने सम्यन्त्र बाट नारी अधिकार का कुरा धेरै नै घन्किय पनि व्यबहार मा सिन्को नभाचियको र उहीँ पुरानै दासोतो उहीँ पुरानै कार्यसैली देखियको हुदा कतै नारी अधिकार र समानता का मुद्दा उहीँ तिनै पहुँच वाला हरुको लागि हिड्ने बाटो र बच्ने ठाँउ ता बनेको छैन भनी चिन्ता बढन थालेको छ।
मन्त्री प्रधानमन्त्री जो सारा राष्ट्रको जिम्बा र अभिभारा लियर बस्यको छ उसकै को घरमा पीडित छिन नारी !जो न्याय को एउटा धरोहर छ उसैको सामु लुटिन्छिन नारि ,जो समाज र राष्ट्रको सुरक्षाको जिम्मेवारी लियर बस्यको छ उसैको सामु डराउछिन नारी ,जहाँ न्याय मिल्छ भनी आस गरिएको समाज छ त्यही बाट आज खेदिन्छिन नारी भने अब हामी हेरौ कहाँ रह्यो समानता कहाँ रह्यो स्वतन्त्रता सबैतिर उहीँ दमन सबैतिर उहीँ अनन्य अनि कहाँ गयो अधिकार का चिल्ला नारा अनि कहाँ हरायो ती फुस्रा बाचा । हिजो गाउँ बस्ती मा होस या सहरका गल्ली मा बेबारिसी भेटिने ती अचेत अबस्थाकि नारिलाइ खै कहाँ मिल्यो अधिकार ।उहीँ पाउ र दाउ लगाउने चलन त अझै गन्ने मान्ने हरुकै सामु पो रहिरहेछ कठै नारित तेसै पो बिस्व्स्त रहेछिन ।
आफ्नो मानो जोगाउने र कमाउने अबसर मा अधिकार का अनि समानता र स्वतन्त्रता का ठेलि लियर ठुला ब्यनर अनि ठुला झन्डा लियर निस्कने हरुत आज केबल नारालाई खोपामा राखेर तेहि पुरानै राक्षसि प्रथा अनि तेहि पुरानै दमन को लागि पो औठा छाप लगाउन सफल भयछन । हुन त पछिल्लो समय केहि मात्रामा दिलाइयको अधिकार मा पनि चुनौती भने नदेखिएको हैन ।नारी आफैले पनि आफैलाइ सुधार गर्नुपर्ने धेरै पाटो हरु हामीले प्रष्ट देख्न सक्छौ ।
नाङ्गो छाती र तिघ्रा देखायर अनि राष्ट्रिय रूपमा नै खलल पुग्ने अपाच्य क्रियाकलाप देखाउदैमा भने पक्कै नारी स्वतन्त्र हुन सक्दिनन यस्लाइ बुझ्न अति जरुरी छ । यसरी नारिले देखायको अपाच्य क्रियाकलाप भने केबल “खुल्ला मासुमा कुकुर को रझाइ मात्र हुनेछ “नारीको सरिरको कपडा हावाले उडायर थोरै अंग देखिदैमा र्याल चुहाउने र मौकाको फाइदा उठाउदै उत्तेजित क्रियाकलाप देखाउने पुरुषहरुका लागि के खोज्छस कानो आँखा हुनेछ ।यस्ले नारिले पायको अधिकार र स्वतन्त्रता माथी नै निकट भबिस्यमा गम्भीर चुनौती सामना गरनेछ यस्लाइ आम नेपाली नारी हरुले मनन गर्न जरुरी छ । नारीहरुको स्वतन्त्रता र समानताका निम्ति शिक्षा स्वास्थ रोजगारी र उत्पादनसिल छेत्रमा उचित स्थान तोकिनु पर्छ ।
नारीको पनि पुरुष सरह समान उपस्थिति त्यहा रहनैपर्छ ।छोरा जस्तै पढेलेखेका नारि हरु शिक्षक पाइलट डाक्टर तथा इन्जिनियर बनी उचित स्थान र अबसर पाउदा सिङ्गो समाज र राष्ट्र हाक्न सक्छ भन्ने कुराको उदाहरण नारी बातै दिनौपर्छ हो यहाँ र यस्तो अबस्थामा नारिलाइ दिनौपर्छ समानता हुनैपर्छ स्वतन्त्रता तर समानता र स्वतन्त्रता को नाम मा असिछित समाजमा एउटा बलियो शिक्षा को ज्वती नब्ल्दा सम्म अनि हर्यक दृस्ठिकोण बाट परिवर्तन को सम्बाह्क नछर्दा सम्म अधिकार कै नाम मा सामाजिक खलल र समानता भङ्ग हुने काम कोही कसैबाट नहोस् ।अधिकार प्राप्तिको लडाइँ मा अपाच्य र अब्यबहारिक समाज नबनोस नारी अधिकार र स्वतन्त्रता संगै देखियका चुनौती का सबाल मा पनि सबैको ध्यान जावोस समानता प्राप्ति को सैलिले अनि व्यबहार ले कहिकतैबाट समाप्ति हुने अबसर नबनोस ।