‘फाइर अन द र्याम्प’मा अभिनेत्री अनु र बेनिसा

‘फाइर अन द र्याम्प’मा अभिनेत्री अनु र बेनिसा

  • बिहिबार, जेष्ठ २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौ । अभिनेत्री अनु शाह ,बेनिसा हमाललगायत थुप्रै सेलिब्रेटी एकसाथ र्याम्पमा उत्रिने भएका छन् । फाइर डिस्को लन्च ठमेलले आगामी शनिबार (२९ गते) एकसाथ अभिनेत्रीहरु र्याम्पमा उतार्ने तयारी गरेको हो ।
‘फाइर अन द र्याम्प’ नामक दिइएको फेसन सोको कोरियोग्राफर नेपाल मोडलिङ संघका अध्यक्ष समेत रहेका दिनेश शाहि रहेका छन् । शाहीका अनुसार कार्यक्रममा अनु र बेनिसाका अलवा अन्तराष्ट्रिय मोडल दिपक घिमिरे, मिष्टर नेपाल सदिप पोखरेल, गणेश अग्रवाल, सुरज चिल्वाल र मोडल नहिन शाहीले पनि र्याम्प नाप्नेछन् ।

फेसन सोमा १२ केटा र १६ केटी व्यवसायिक मोडलहरुले पनि क्याटवाक गर्दैछन् । सोमा वडी विल्डिङ, युनिक ड्रेस, क्याजुवल ड्रेसलगायत ६ सिक्वेलमा फेसन प्रर्दशन गरिनेछ । कार्यक्रममा चर्चित गायक धिरज राई, कमल खत्री, ,रबिन दर्शन शाही र गायिका रमिता भण्डारी ,बुनु राईलगायतको जोडदार संगीतिक प्रस्तुति समेत राखिएको छ ।
इमेज च्यानलकी चर्चित भिजे संध्य केसीको होष्ट रहने कार्यक्रममा पुराना अभिनेता सरोज खनाल लगायत थुप्रै कलाकारको उपस्थिती रहनेछ । समिर शाह, दावा तामाङ, राजु दर्नइको संयोजन रहेको कार्यक्रम फाइर डिष्कोले हालै लन्चबार ब्याबस्थापन गरेको उपलक्ष्यमा आयोजना गर्न लागेको हो । साँझ ६ बजेदेखि सुरु हुने यो फेसन शो महिनाको एकपटक आयोजना गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी