-सुसान आचार्य,यु ए इ।
साहित्यकार भुपि शेरचनले भनेका थिए (हल्लै हल्ला को देश नेपाल )। बास्तबमा हिजो त्यस्तै हल्ला ले नेपाली पत्रकारिता प्रति औला उठेको छ ,इ कान्तिपुर बाट सम्प्रेषण गरियको संगीतकार अमर गुरुङको मृत्यु शीर्षकको समाचारले हिजो दिनभर सामाजिक संजाल लगायत अन्य मिडिया बाट समेत इ कान्तिपुर नराम्रो सङ आलोचित हुनु परेको छ ।
ग्रान्डी हस्पिटलको भेन्टिलेसन मा उपचार गराइ राखेका अमरको मृत्युको खबर एक्कासि बाहिर आय पस्चात केहि बेरमै सामाजिक सन्जाल अमरको फोट ले भरियको थियो ।तर जब सत्य बाहिर आयो तब नेपाल लगायतका विभिन्न देश बाट नेपाली हरुले कान्तिपुर प्रति यसरी आक्रोश पोखेका थिए।
#पत्रकार माधब दुलालले फेसबुक पेजमा लेखे ! आफ्नै छोराले समेत बाबु जिउदै छन भनी रहदा मर्यो भनेर सबैले श्रदान्जलि दियको देख्दा अब निदाउदा पनि खुट्टा चलायर सुत्नु पर्न भयछ नत्र जिउँदै जलाउन बेर छैन ।
#नरेस रेग्मी भैरहवा बाट लेख्छन : भैरहवामा गोलि चल्यो गोलि अझै हावामै भन्ने शीर्षक का समाचार भोलिका दिनमा बाहिर आउन बेर छैन ।सत्य तथ्य नबुझी समाचार लेख्ने हो भने भोलि जनता ले मिडिया लाइ कसरी बिश्वास गर्न ..?
#अन्लाइन खबर का लेखक दिल निसानी मगर टुइटर मा लेख्छन : कान्तिपुर को पछी लागेर लेख्दा म सामाजिक संजाल मा अपमानित हुनुपर्यो सत्य तथ्य बुझ्न नसक्ने पत्रकार ले किन कलम चलाउनु अब मलाई अपमान को छेतीपुर्ती २० लाख ले इ कान्तिपुर ।
#मलेसिया बाट पत्रकार रबि भट्ट लेख्छन : समाचार पनि अब कविता बन्न थाले ,जिउदै मान्छे मार्न थाले एक्कै छिनमा समाचार आउछ एक्कै छिनमा हराउछ यो कस्तो पत्रकारिता ..?
#यस्तै मलेशिया बाटै दिप लिम्बु आफ्नो फेस बुक वालमा लेख्छन : सत्य तथ्य नबुझी झट्ट हावाको भरमा पोस्ट गर्न बानी हामी पनि नगरम प्र म ता हावा भै हाले अब हुदा हुदा हामी पनि तिनका चेला बनेर जिउँदो मान्छे जलाउन नजाउ । नैतिक रूपमा इ कान्तिपुर ले गरेको गल्तीको सजाय पाउनुपर्छ तुरुन्तै कारबाही होस ।
यसैगरी लाखौ नेपाली नागरिक ले विभिन्न देस बाट हिजो दिनभर कान्तिपुर को गलत समाचार को खण्डन गरे ।बास्तबमा पत्रकारिता हतारको साहित्य भयता पनि यो धेरै संबेदनसिल पेसा हो भन्ने कुरा हामीले बिर्सनु हुदैन । त्यसो त इ कान्तिपुर को हिजोको समाचार मात्रै नेपाली पत्रकारिता छेत्रको पहिलो कमजोरी कहा होर ।तर कसैको जिबन मरण जस्तो संबेदनसिल बिसयमा भने धेरै नै ख्याल गर्न आब्स्यक छ ।
कतिपय समाचार सूचनाकै भरमा हाल्नु पर्न हुन्छ तर हाल्नुअघि आबस्यक प्रमाण र आधिकारिकता भने पक्कै खोज्नुपर्छ । सस्तो लोकप्रियता लिने धेउले समाचार सम्प्रेषण गर्दा जनता को नजर बाट गिर्न मात्रै हैन रास्ट्रप्रती नै गम्भीर खालको धक्का लाग्न सक्छ ।
सरकारले पनि अनावश्यक र आधार हिन अनेकौं मिडिया र बल्ग पोस्ट हरुको निगरानी गर्न आबस्यक छ नेपाल जस्तो देश मा यसरी सूचना र सन्चार को दुरुपयोग हुनु सानो कुरा हैन यसले समाजलाइ मात्रै हैन रास्ट्र लाइ समेत ठुलो छेती पुर्याउने छ ।
कान्तिपुर एउटा उदाहरण हो यस्ता धेरै मिडिया बाट कमजोरी बेला बेला भयका छन तर अब यहा बाट केहि पाठ सबैले सिक्न आबस्यक छ । पत्रकार ले आफ्नो धर्म र कर्तव्य भुल्न भयन भने कसैको नियन्त्रण भित्र रहि काम गर्नु भयन अनुसन्धान र आधिकारिकता नखोजी समाचार लेख्दा (छिट्टै फल खाना थुपारियको रासायनिक मलले जरौ मरेर सुकेको बोट जस्तो नहोस )। हामीले विभिन्न यस्ता घटना बाट पाठ सिक्दै जनता प्रति उत्तरदायी भुमिका निभाउन अनि रास्ट्रप्रतिको कर्तव्य बिर्सन भयन ।
तर्सथ :हामीले इनै घटना बाट पाठ सक्दै आगामी दिनमा यस्ता घटना दोहोरीन नदिन सजक रहनु आबस्यक छ अन्यथा पत्रकारिता पेस नेपाली जनता का सामु अतिनै घृणित हुनेछ भने नेपाल मा समेत सत्य तथ्य सूचना बारे जनता आफैमा भ्रमिक हुनेछन । हुनत आज अमर गुरुङ ले हामिलाइ छोडेर गैसक्य तर हामीले हिजो भयको कमजोरी बाट एउटा गतिलो पाठ सिक्न आबस्यक छ ।
नेपाली साङ्गितिक छेत्रका अगुवा तथा बरिस्ठ संगीतकार अमर गुरुङको आज बिहान २ बजेर ३७ मिनेट जादा भएको छ, उहाको आत्माले सान्त्ती पाओस् । हार्दिक श्रदान्जली ।


