काठमान्डौं जेठ २३
वन र वन्यजन्तुको संरक्षणका लागि गतिविधि सञ्चालन गर्न श्री जंग गण र चितवन राष्ट्रिय निकुञ्ज मुख्यालयले संयुक्त संरक्षण अपरेशन कक्ष आज देखि स्थापना गरेका छन् ।
सो कक्षको प्रधानसेनापति राजेन्द्र क्षेत्रीले आज उदघाटन गर्नु भएको छ । श्रीजंग गणको २ सय ३३ औं वार्षिकउत्सव र विश्व वातावरण दिवसको अवसर पारेर सो कक्षको उदघाटन गरिएको हो ।
अपरेशन कक्ष उदघाटन गर्ने क्रममा बाल्दै प्रधानसेनापति क्षेत्रीले सरकारी कर्मचारीहरुसँग मिलेर पहिलोपटक वन र वन्यजन्तुको संरक्षणका लागि नेपाली सेनाले यस्तो कामको सुरुवात गरिएको बताउनु भयो ।
संयुक्त संरक्षण अपरेशन कक्षमा निकुञ्ज र नेपाली सेनाका ५ जना कर्मचारीहरुलाई लगातार एक हप्तासम्म खटाइने र एक हप्तापछि पाँच जनाको अर्को टोली खटाइने श्रीजंग गणका गणपती माधव थापाले जानकारी दिए ।
चोरी शिकारी नियन्त्रणसँगै निकुन्ज र वन्यजन्तु संरक्षणलाई प्रभावकारी बनाउन संयुक्त संरक्षण अपरेशन सुरु गरेको निकुन्जका मुख्य संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।
‘रियल टाइम बेस’का आधारमा कक्षबाट अपरेशन सुरु हुने उनले बताए । चितवन राष्ट्रिय निकुञ्जको संरक्षणका लागि नेपाली सेनाको ४१ वटा निकुन्जको ३६ वटा पोष्ट छन् ।