काउन्सिलद्धारा चाईना प्रतिनिधिमण्डलको स्वागत

काउन्सिलद्धारा चाईना प्रतिनिधिमण्डलको स्वागत

  • शनिबार, जेष्ठ २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं।

नेपाल भ्रमणमा रहेको अल चाईना जर्नालिष्ट एशोशिएसनका प्रतिनिधिमण्डललाई सोमबार प्रेस काउन्सिलमा स्वागत तथा सम्मान गरिएको छ ।
सो अवसरमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले प्रतिनिधि मण्डलका ५ जना प्रतिनिधिलाई पुष्पगुच्छा र खादा ओढाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष कार्कीले नेपाल र चीनवीच प्राचीनकालदेखि सम्वन्ध रही आएको, नेपाल सँधै एकचीन नीतिप्र्रति दृढ रहेको दुवै देशका पत्रकारहरुको सहकार्य र विचारको आदान प्रदानले नेपाल–चीन सम्वन्ध अझ सुदृढ र उँचाईमा पुग्ने धारणा राख्नुभएको थियो ।

त्यस्तै प्रतिनिधिमण्डलका तर्फवाट प्र्रतिनिधिमण्डलका नेता गाओ स्या गाङ्ले चीनको असल, भरपर्दो र विश्वसनीय मित्र नेपाल रहेको, चिनीयाँ जनता र चीन सरकार नेपाललाई सहयोग गर्न कटिवद्ध रहेको वताउँदै दुवै देशका पत्रकारहरुको जीवन्त सम्वन्धले चीन–नेपाल सम्वन्ध जनस्तरमा पुगी अझ बलियो हुने बिश्वास व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा काउन्सिलका सदस्यहरु, नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट लगाएतका पदाधिकारी, सूचना विभागका महानिर्देशक रघुराम विष्टको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अध्यक्ष कार्कीले भ्रमणले नेपाल र चीनका जनता, पत्रकारहरुबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास पनि लिएको बताउनु भयो ।

ऐतिहासिक कालदेखि नै नेपाल र चीनबीचको सम्बन्ध सुमधुर, समस्यारहित, आत्मिय रहेको कुरा तपाईहरुलाई जानकारी गर्न पाउँदा मलाई धेरै खुशी लागेको भन्दै कार्कीले  नेपाली जनता एक चीन नीति प्रति दृढतापूर्वक समर्थन गर्दै र आफ्नो भूमी चीन विरोधी गतिविधिमा प्रयोग गर्ने बाह्य शक्तिको दुस्प्रयास विरुद्ध सधैं खडा हुँदै आएको बताउनु भयो ।तस्विर ,सौजन्य : महेन्द्रसिंह धामी 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ