काठमाण्डौ,२२ जेठ ।
स्याङजाको वालिङ नगरपालीकाले यो बर्षको उत्कृष्ट सफा सहरका रुपमा ७ लाख नगद सहित पुरस्कार जितेको छ । यस्तै क्रमश दोस्रो र तेस्रो स्थानमा धनकुटा र ईलाम नगरपालीकाले पाचँ लाख र तीन लाख रुपैया प्राप्त गरेका छन् ।
संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय फोहरमैला व्यावस्थापन प्राविधिक सहयोग केन्द्रले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरि तीनबटै नगरपालीकालाई नगद सहित प्रमाणपत्र प्रदान गरि सम्मान गरेको हो ।
फोहमैला व्यावस्थापन ,खानेपानी तथा ढल निकासको सुविधा , हरियाली प्रवद्र्धन तथा प्रदुषण नियन्त्रण लगायतका क्षेत्रमा गरेको कार्यका आधारमा तीन नगरपालीकालाई उत्कृष्ट सफा सहर घोषणा गरिएको हो ।
विश्व वातावरण दिवशको अवसरमा आयोजित सो कार्यक्रममा पुरस्कार बितरण पछि बोल्दै स्थानिय विकास राज्यमन्त्री कुन्ति शाहीले उत्कृष्ठ सफा सहर बाट सम्मानित तीनै नगरपालीकालाई बधाई दिदै अझै प्रभावकारी कार्य गरि वातावरण संरक्षणको क्षेत्रमा लाग्ने विस्वास ब्यत्त गर्नुभयो ।
युवा वर्ग र महिलाको सहभागीताले सफा सहर निर्माणमा महत्वपुर्ण योगदान पुग्ने भन्दै राज्यमन्त्री शाहीले सरकारी तहबाट बनेका योजना सफल बनाउन समुदाय ,गैरसरकारी सस्था तथा स्वयम ब्यत्तिको साथ सहयोगको आवश्यकता रहेकोमा जोड दिनुभयो ।
घर ,टोल ,सास्कृतिक सम्पदा ,प्राकृतिक स्रोत ,जिवजन्तु ,बन जङगल संसरक्षण र सरसफाईमा अभियानमा सरकार सधै लागीरहने प्रतिबद्धता जनाउदै उहाले पानीको स्रोत संरक्षण गरि उपयोगितामा ल्याउने तर्फ पनि सरकार सजग रहेको धारणा राख्नुभयो ।
उहाले संबिधानमा उल्लेख नागरीकका व्यावस्थालाई कार्यान्वयनमा ल्याउन ससत्त रुपमा अघि बढाउदै खस्कीएको अहिलेको अर्थतन्त्र माथि उकास्ने जिम्मेवारी युवाको काधमा आएको जोड दिनुभयो ।
यस्तै खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव सन्जय शर्माले पर्यटनको रुपमा नेपाललाई विकास गर्ने लक्ष सरकारले लिएको भन्दै सहरलाई सफा नराख्ने हो भने विश्वमा नराम्रो छाप पर्ने बताउनु भयो ।
संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले पुरस्कृत नगरपालीकालाई थप जिम्मेवारी थपिएको र अन्यलाई उत्प्रेरणा मिलेको चर्चा गर्दै यस्ता कार्यक्रम सहरमा मात्र नभएर गाउ केन्द्रित पनि बनाउनपर्नेमा जोड दिनुभयो ।
अधिकार सम्पन्न वागमती सभ्यता एकिकृत विकास समितिका अध्यक्ष किशोर कुमार शाक्यले विश्वका सामु नेपालले बागमतीको फोहरकै कारणा सिर झुकाउने अवस्था आएको प्रति दुख ब्यत्त गर्दै सबैको सहयोग रहे अब यो नियती धेरै समय नरहने विश्वास ब्यत्त गर्नुभयो । सहरलाई सफा र सुन्दर बनाउन राजनितिक प्रतिबद्धता आवश्यक पर्नेमा उहाको जोड थियो ।
वातावरण संरक्षण गैर सरकारी सस्था महासंघका अध्यक्ष टिकाराम दाहालले वातावरणलाई सन्तुलित राख्न जिवजन्तु तथा वनजङगल संरक्षण गर्नु प्रमुख आवश्यकता रहेको बताउनु भयो ।
फोहरमैला ब्यावस्थापन प्राविधिक केन्द्रका कार्यकारी निर्देशक विश्वमणी ज्ञवालीले विगत चार बर्षदेखि सहरीविकास मन्त्रालय अन्तरगत सफा सहर कार्यक्रम सुरु भएको जानकारी गराउदै फोहरमैला व्यावस्थापन ,खानेपानी तथा ढल निकास र वातावरण संरक्षण सम्बन्धी कार्यक्रम प्राथमिकताका साथ अघि बढीरहेको बताउनु भयो ।
प्रारम्भीक मुल्याङकनबाट छनौट भएका देशभरका पाँच नगरपालीकाबाट प्राप्त विवरणका आधारमा वालिङ नगरपालीकालाई उत्कृष्ट सफा सहर र ईलाम तथा धनकुटा नगरपालीकालाई सफा सहरका रुपमा छनौट गरिएको छनौट समितिका सदस्य कलानिधी तिवारीले बताउनु भयो ।
सो कार्यक्रम अघि आज बिहान फोहरमैला ब्यावस्थापन तथा वातावरण संरक्षणसँग सम्बन्धीत सरकारी तथा गैरसरकारी संघ सस्थाका प्रतिनिधिहरुको सहभागीतामा राजधानीमा जनजागरण रयालि निकालीको थियो ।





