राम बहादुर तामाङको नेतृत्वमा श्रमजीवी ट्रेड युनियन महासंघ नेपाल सार्वजनिक हुदैं 

राम बहादुर तामाङको नेतृत्वमा श्रमजीवी ट्रेड युनियन महासंघ नेपाल सार्वजनिक हुदैं 

  • शुक्रबार, जेष्ठ २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

जेष्ठ २१ काठमाण्डौं । अध्यक्ष पल्टन ठाकुर र उपाध्यक्ष सिता शरण ठाकुर राजेन्द्र महतोको सद्भावना पार्टीमा प्रवेश गरे पछि संघीय समाजवादी पार्टी निकट मधेशी ट्रेड युनियनको नेतृत्व र नाम परिवर्तन भएको छ ।

यही जेष्ठ १५ र १६ गते भएको दोस्रो राष्ट्रिय सम्मेलन तथा मजदुर भेलाले ठाकुर द्धयलाई संगठनको आचरण विपरीत कार्य गरेको भन्दै साधारण सदस्यबाट समेत बर्खास्त गर्ने निर्णय गरेको थियो ।

सम्मेलनले संगठन नया तरीकाबाट अघि बढाउन गरेको निर्णय अनुसार राम बहादुर तामाङको अध्यक्षतामा श्रमजीवी ट्रेड युनियन महासंघ नेपाल गठन गरेको हो ।

जसको निर्णय जेष्ठ २२ गते शनिबार राजधानीमा दिउसो एक पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिने अध्यक्ष राम बहादुर तामाङले जानकारी दिनु भयो ।

राम बहादुर तामाङको अध्यक्षतामा हिमाल, पहाड र तराई मधेशबाट पिछडा वर्ग, दलित , जनजाति। मधेशी, खस सबै समुदायको प्रतिनिधित्व हुने गरी ३५ सदस्यीय केन्द्रीय समिति बनाईएको संगठनको दावी छ । यस बाहेक ५ जना सल्लाहकार समेत छन् ।
अध्यक्ष तामाङले आफूहरु देशको समावेशी चरित्र जस्तै मजदुर संगठनलाई पनि समावेशी बनाउदै मजदुरहरुको हक हित र अधिकारका लागि सधै प्रतिवद्ध भएर लाग्ने बताउनु भयो ।

सो संगठन तीन वर्ष अघि श्रम विभागमा दर्ता भएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी